चौतारी लघुवित्तको आईपिओ मंसिर १९ गतेदेखि निष्काशन हुने, इक्रा रेटिङ्ग ग्रेड ४ मात्र

Nov 27, 2018 Merolagani

चौतारी लघुवित्त (CHAUTARI) ले मंसिर १९ गतेदेखि साधारण शेयर निष्काशन गर्ने भएको छ । लघुवित्त कम्पनीले एक सय रुपैयाँ अंकित दरमा ५ करोड ६० लाख मूल्य बराबरको ५ लाख ६० हजार कित्ता आईपिओ निष्काशन गर्न लागेको हो ।

लघुवित्त कम्पनीको आईपिओ निश्कासन तथा बिक्री प्रबन्धको काम एनआईबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ।

कम्पनीको आईपिओलाई इक्रा नेपालले आईपिओ ग्रेड ४ को रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको अवस्था औसत भन्दा कमजोर रहेको जनाउँदछ ।

लघुवित्तले निष्काशन गर्ने ६ लाख कित्ता आईपिओमध्ये ९ हजार ३०० कित्ता संस्थाका कर्मचारी र ३० हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । सर्वसाधारण लगानीकर्ताले ५ लाख ६० हजार ७०० कित्तामा लागि मात्र आवेदन गर्न पाउँँनेछन् ।

लघुवित्तको आईपिओमा न्युनतम ५० र बढीमा तीन हजार कित्तासम्म आवेदन गर्न पाईनेछ । धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिम प्रत्येक आवेदकलाई न्यूनतम दश कित्ता शेयर दमासहिले वितरण गर्नुपर्ने हुन्छ । यसो हुँदा दश कित्ता आईपिओ नै गोलाप्रथाबाट पाउनुपर्ने भएकाले ५० कित्ता भन्दा बढी आवेदन गर्नु फाईदाजनक देखिन्न ।

लगानीकर्ताले धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण सि आश्वा सदस्य रहेका बैंक तथा वित्तिय संस्थाबाट ७७ जिल्लाबाट तथा मेरो शेयर सफ्टवेयरको प्रयोग गरेर पनि आवेदन गर्न सक्नेछन् ।आईपीओ निष्कासन मंसिर २३ गते बन्द हुने बिक्री प्रवन्धकले जनाएको छ ।

बुटवलमा केन्द्रीय कार्यालय रहेको लघुवित्तले १०० रुपैयाँ अंकित दरका ५ लाख ६० हजार कित्ता साधारण शेयर निष्काशनका लागि गत भदौ २१ गते धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । हाल चौतारीको चुक्ता पूँजी १२ करोड ६० लाख रुपैयाँ रहेको छ । आईपिओपछि चुक्ता पूँजी १८ करोड पुग्नेछ ।

वि.सं. २०७१ चैतमा पब्लिक कम्पनीका रुपमा कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएको चौतारी लघुवित्त वित्तीय संस्थाले २०७२ सालमा राष्ट्र बैंकबाट ’घ’ वर्गको वित्तीय कारोबार गर्न अनुमति पाएको थियो ।

लघुवित्तको कार्यक्षेत्र रुपन्देही, नवलपरासी, कपिलवस्तुु, गुुल्मी, अर्घाखाँची, पाल्पा, दाङ ,प्यूठान, रोल्पा र सल्यान गरी १५ जिल्लामा रहेको छ ।

५९ शाखा कार्यालय मार्फत विपन्न वर्गका महिलालाई समूहमा आबद्व गराएर लघुवित्तले सेवा प्रदान गर्दै आर्इरहेको छ ।

चालू आर्थिक वर्षको प्रथम त्रैमासमा ३७ लाख ४८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । लघुवित्तको खराब कर्जा अनुपात ०.४३ प्रतिशत छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।