महुली सामुदायिक लघुवित्तको हकप्रद खुल्याे, कार्तिक २७ सम्म कायम शेयरधनीले मात्र पाउने

Nov 27, 2018 Merolagani

महुली सामुदायिक लघुवित्त (MSLB) ले मंसिर ११ गते मंगलबारदेखि चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर बिक्रीमा ल्याएकाे छ। लघुवित्तले तीन करोड रुपैयाँ बराबरको तीन लाख कित्ता हकप्रद शेयरमा अावेदन खुला गरेकाे हो ।

लघुवित्तले हकप्रद निष्काशन गर्न कार्तिक २८ गते शेयरधनी दर्ता किताब बन्द गरेको थियो । यसअनुसार कार्तिक २७ गतेसम्म कायम शेयरधनीले मात्र लघुवित्तको हकप्रद खरिद गर्न सक्नेछन् ।

लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल रहेको छ । हकप्रदका लागि धितोपत्र बोर्डबाट आश्वा सदस्य अनुमति पाएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालय तथा मेरो शेयर मार्फत पनि आवेदन गर्न सकिनेछ ।

यसका अतिरिक्त सनराइज क्यापिटल कमल पोखरी तथा माहुली लघुवित्तको सबै शाखा कार्यालयबाट समेत हकप्रद अावेदन फारम बुझाउन सक्ने व्यवस्था छ ।  हकप्रद भर्ने अन्तिम दिन पुस १६ गते रहेकाे छ ।

हाल ६ करोड रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको ५० प्रतिशत हकप्रद पश्चात चुक्ता पूँजी ९ करोड रुपैयाँ पुग्नेछ ।

मंसिर १० गते लघुवित्तको प्रतिकित्ता शेयर यो सामग्री तयार गर्दा १२७५ रुपैयाँमा कारोबार भएकाे छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा महुलीले ८५ लाख ५१ हजार रुपैयाँ खुद नाफा कमाएर वार्षिक प्रतिशेयर आम्दानी ५७ रुपैयाँ १ पैसा कायम गरेको छ ।

सप्तरीमा मुख्य कार्यालय रहेको लघुवित्तले गत बैशाखमा एक कराेड २० लाख रूपैयाँकाे साधारण शेयर निष्काशन गरेको थियो ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।