एनआईसी एशियाले लाभांश पारित गर्न बोलायो साधारणसभा, बुक क्लोज कहिले ?

Nov 27, 2018 Merolagani

एनआईसी एशिया बैंक (NICA) ले प्रस्ताव गरेको लाभांश पारित गर्न पुष ४ गते २१ औं वार्षिक साधारणसभा बोलाएको छ। साधारणसभाले बैंकले प्रस्ताव गरेको १० प्रतिशत बोनस शेयर पारित गर्नेछ । बैंकको साधारणसभा सानेपा स्थित हेरिटज गार्डेनमा बस्नेछ ।

एनआईसी एशियाको बैंक सञ्चालक समितिको कार्तिक ३० गते बसेको ३७७ औं सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७४/७५ को लागि प्रति शेयर १० ( १० प्रतिशत) शेयर लाभांश तथा उक्त शेयर लाभांशमा लाग्ने कर प्रयोजनको लागि प्रति शेयर ०.५२६ (०.५२६ प्रतिशत) नगद लाभांश दिने निर्णय गरेको हो ।

 

बैंकले चुक्ता पूँजी ८ अर्ब ३ करोड रुपैयाँको १० प्रतिशत अर्थात ८० करोड ३१ लाख रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । बोनस पश्चात बैंकको चुक्ता पूँजी ८ अर्ब ८३ करोड रुपैयाँ पुग्ने भएको छ।

साधारणसभाले गत आर्थिक वर्ष २०७४/७५ को वित्तीय विवरण पारित गर्नेछ। चालु आर्थिक वर्षको लागि पनि पुरानै लेखापरिक्षक टिआर उपाध्याय एण्ड कम्पनीलाई नै निरन्तरता दिइने भएको छ।

बैंकले साधारणसभा प्रयोजनको लागि मंसिर १९ गतेदेखि पुष ४ गतेसम्म बुक क्लोज गर्ने भएको छ। जन अनुसार मंसिर १८ गतेसम्म कायम शेयरधनीले प्रस्तावित १० प्रतिशत बोनस शेयर पाउने छन्।

त्यसैगरी बैंकले आफु र आफ्ना सहायक कम्पनीहरु एनआईसी एशिया क्यापिटल र एनआईसी एशिया लघुवित्त समेतको एकीकृत वित्तीय विवरण समेत पारित गर्ने एजेन्डा तय गरेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।