निर्धन उत्थान लघुवित्तको बोनस पश्चात शेयरमूल्य समायोजन

Nov 27, 2018 Merolagani

निर्धन उत्थान लघुवित्त वित्तीय संस्था (NUBL) को मंगलबार शेयरमूल्य समायोजन भएको छ । लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको २० प्रतिशत बोनस शेयरपछि मूल्य समायोजन भएको हो ।

नेप्सेले २० प्रतिशत बोनसपश्चात निर्धन उत्थानको प्रतिकित्ता ७९१ रुपैयाँ ७४ पैसा रुपैयाँमा शेयरमूल्य समायोजन गरेको हो । यसै मूल्यलाई आधार मानेर कम्पनीको शेयर कारोबार खुलेको हो । 

लघुवित्तको १८० दिन नेप्सेमा कारोबार भएको शेयरमूल्यको आधारमा औसत आधारमूल्य एक हजार ३७ रुर्पयाँ ३७ पैसा रहेको छ ।

बोनस तथा नगद लाभांश पारित गर्न निर्धन उत्थानले मंसिर २५ गते सेलिब्रेसन ब्यांंकेट पार्टी प्यालेस, भगवतिबहाल नक्सालमा साधारण सभा आह्वान गरेको छ । सभाले २० प्रतिशत बोनस र २२.११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

बोनस पश्चात यस कम्पनीको चुक्ता पूँजी एक अर्ब २० करोड रुपैयाँ पुग्नेछ । असोज मसान्तसम्म यस कम्पनीले ५ करोड ७ लाख ८३ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी ६० रुपैयाँ ३१ पैसा कायम गरेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।