समताको प्रस्तावित लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Nov 27, 2018 Merolagani

समता माइक्रोफाइनान्स (SAMATA) को प्रस्ताव गरेको १४.०२ प्रतिशत लाभांश सुरक्षित गर्ने आज मंगलबार (मंसिर ११ गते) अन्तिम दिन रहेको छ । कम्पनीले मंसिर २७ गते बोलाएको साधारण सभाका लागि कम्पनीले मंसिर १२ गते बुधबार देखि बुक क्लोज गर्दैछ ।

जस अनुसार मंगलबारसम्म कायम शेयरधनीले मात्र कम्पनीले वितरण गर्ने लाभांश सुरक्षित गर्न सक्नेछन् ।

समताले हालै बिक्री गरेको ५० प्रतिशत हकप्रदपछि कायम चुक्ता पुँजीको ६.६६ प्रतिशत बोनस शेयर र ७.३६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

साथै कम्पनीले बोनस र हकप्रदपछि कायम ६ लाख ७२ हजार रुपैयाँ चुक्ता पुँजीको फेरि २०० प्रतिशत (१ः२) हकप्रद जारी गर्ने विशेष प्रस्ताव पनि साधारणसभामा लग्दैछ ।

साधारण सभा होटल इच्छा सिमरा, बारामा बिहान ११ः३० बजे सुरु हुनेछ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।