शेयर बजारको गिरावटले चारवटै म्युचुअल फण्डहरुको एनएभीमा गिरावट

Nov 27, 2018 Merolagani

शेयर बजारमा निरन्तरको गिरावट आएपछि सूचीकृत कम्पनीहरुको शेयरमूल्य घट्दा म्युचुअल फण्डहरुको खुद सम्पत्तिमा घटेकाे छ । फण्डकाे खुद सम्पत्ति घटेसँगै सञ्चालनमा रहेको धेरै फण्डहरुको प्रतिइकाई खुद सम्पत्ति मूल्य (NAV) मा समेत संकुचन अाएकाे छ ।

मंसिर ११ गते मंगलबार एनआईसी एशिया क्यापिटलको व्यवस्थापनमा सञ्चालीत एनआईसी एशिया ग्रोथ फण्ड, लक्ष्मी क्यापिटलद्धारा सञ्चालित दुई फण्डहरु लक्ष्मी भ्यालु फण्ड–१ र लक्ष्मी इक्विटी फण्ड तथा सानिमा क्यापिटलद्धारा सञ्चालित सानिमा इक्वीटी फण्डले मासिक वित्तिय विरण सार्वजनिक गरेका छन् । जसमा चारवटै फण्डहरुको प्रतिइकाई खुद सम्पत्ति मूल्य गत असोज मसान्तको तुलनामा कार्तिक समान्तमा घटेको छ । 

कार्तिक मसानतमा एनआईसी एशिया ग्रोथ फण्डको एनएभी दुई पैसा, सानिमा इक्वीटी फण्डको ६ पैसा तथा लक्ष्मी भ्यालु फण्ड–१ र इक्विटी फण्डको समान ९ पैसाले घटेको छ ।

कार्तिक महिनामा शेयर बजार वियरिस प्रवृत्तिमा रहँदा म्युचुअल फण्डको एनएभीमा प्रत्यक्ष असर पुगेको हो ।

एनआईसी एशिया ग्रोथ फण्ड

कार्तिक महिनामा एनआईसी एशिया ग्रोथ फण्ड (NICGF) को प्रति इकाई खुद सम्पत्ति मूल्य (एनएभी) १० रुपैयाँ २९ पैसा कायम भएको छ । असोज महिनाको तुलनामा फण्डको एनएभी दुई पैसाले घटेको छ ।

गत वर्षको पुसबाट सञ्चालनमा आएको फण्डको आकार ८३ करोड ५२ लाख रुपैयाँ रहेको छ । कार्तिक महिनामा फण्डको खुद सम्पत्ति ८५ करोड ९२ लाख ४० हजार रुपैयाँ रहेको छ । असोज महिनाको तुलनामा खुद सम्पत्ति १६ लाख २० हजार रुपैयाँले घटेको हो।

कार्तिक मसान्तमा फण्डको ५५ वटा सूचीकृत कम्पनीको ९ लाख ४४ हजार ४०४ कित्ता शेयरमा ३९ करोड २३ लाख तीन हजार ६८५ रुपैयाँ लगानी छ । गत महिनाको तुलनामा फण्डका सूचीकृत शेयरमा तीन करोड ७५ लाख २६ हजार रुपैयाँले बढेको हो ।

त्यसैगरी कार्तिक महिनामा फण्डले दुई करोड ८१ लाख ५० हजार रुपैयाँ सूचीकृत नभएको शेयरमा लगानी गरेको छ । फण्डले दुई करोड ९४ लाख ५८ हजार रुपैयाँ सूचीकृत ऋणपत्रमा लगानी गरेको छ ।

कार्तिकमा फण्डको मुद्धती निक्षेपमा असोजमा जति नै ८ करोड ३५ लाख रुपैयाँ सञ्चित छ ।
कार्तिक महिनामा फण्डले एक करोड ६८ लाख ९४ हजार रुपैयाँ आम्दानी गरेको छ भने ७० लाख ७३ हजार रुपैयाँ खर्च गरेको छ । जसबाट फण्डले ९८ लाख २० हजार कूल आम्दानी गरेको छ ।

सानिमा इक्वीटी फण्ड

कार्तिक महिनामा सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सानिमा इक्वीटी फण्ड (SAEF) को प्रति इकाई खुद सम्पत्ति मूल्य (एनएभी) १० रुपैयाँ ३२ पैसा कायम भएको छ । असोज महिनाको तुलनामा फण्डको एनएभी ६ पैसाले खस्किएको हो ।

एक अर्ब ३० करोड रुपैयाँको आकारमा सञ्चालित फण्डको खुद सम्पत्ति एक अर्ब ३४ करोड २० लाख ९४ हजार २०१ रुपैयाँ छ । यो गत महिनाको तुलनामा फण्डको खुद सम्पत्ति ७७ लाख ३० हजार रुपैयाँले घटेको हो ।

 

कार्तिक महिनामा फण्डले ४० करोड ४४ लाख ८७ हजार ८४६ रुपैयाँ ५२ वटा सूचीकृत कम्पनीको शेयरमा लगानी गरेको छ । असोज महिनाको तुलनामा फण्डको सूचीकृत शेयरमा लगानी एक करोड ९३ लाख ६३ हजार ५०१ रुपैयाँले थोरै हो । असोजमा फण्डले ३८ करोड ५१ लाख २४ हजार ३४५ रुपैयाँ सूचीकृत शेयरमा लगानी गरेको थियो ।

कार्तिक मसान्तसम्म फण्डले एक करोड ९१ लाख ६५ हजार ३२५ रुपैयाँ सार्वजनिक निष्काशन, हकप्रद तथा बोनस शेयरमा लगानी गरेको छ ।

फण्डले २६ करोड रुपैयाँ बैंकको मुद्धती निक्षेपमा राखेको छ । कार्तिक महिनामा फण्डले ६५ करोड तीन लाख ३५ हजार ५५३ रुपैयाँ बैंक मौज्दातमा राखेको छ । असोज मसान्तमा फण्डको बैंक मौज्दात ६९ करोड ४९ लाख ८३ हजार १०८ रहेको थियो ।

कार्तिक मसान्तसम्मा तीन करोड ३५ लाख ७६ हजार ३९५ रुपैयाँ आम्दानी गरेको फण्डले एक करोड ११ लाख ९७ हजार रुपैयाँ खर्च गरेको छ । जसबाट फण्डको कूल आय दुई करोड २३ लाख ७९ हजार ३७३ कूल आय गरेको छ ।

लक्ष्मी भ्यालु फण्ड–१

कार्तिक मसान्तमा लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित लक्ष्मी भ्यालु फण्ड–१ (LVF1) को प्रति एकाई खुद सम्पत्ति मूल्य (एनएभी) १० रुपैयाँ ८० पैसा छ । असोज महिनाको तुलनामा फण्डको एनएभी ९ पैसाले घटेको हो ।

५० करोड रुपैयाँ आकारको फण्डको कार्तिक महिनाको खुद सम्पत्ति मूल्य ५४ करोड एक लाख ९३ हजार ९४७ रुपैयाँ छ । असोज महिनाको तुलनामा फण्डको खुद सम्पत्ति मूल्य ४२ लाख १७ हजार रुपैयाँले घटेको हो ।

कार्तिकमा फण्डले ३४ सूचीकृत कम्पनीको ६ लाख १९ हजार ३२ कित्ता शेयरमा ३१ करोड १८ लाख ३१ हजार ८५० रुपैयाँ लगानी गरेको छ । यो असोज महिनाको तुलनामा ५२ लाख ६४ हजार रुपैयाँले थोरै हो ।

साथै फण्डको कार्तिक महिनामा बैंक मुद्धती निक्षेपमा ५ करोड रुपैयाँ रहेको छ । फण्डले ६० लाख १३ हजार रुपैयाँ सार्वजनिक निष्काशनमा लगानी गरेको छ । बैंक मौज्दात गत असोजको तुलनामा ४२ लाख ७० हजार ३२८ रुपैयाँ घटेको छ । फण्डको कार्तिक मसान्तमा १७ करोड ४३ लाख ६५ हजार रुपैयाँ सञ्चित छ ।

कार्तिक मसान्तसम्ममा फण्डको कूल आय १० करोड २९ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।

लक्ष्मी इक्विटी फण्ड

कार्तिक मसान्तमा लक्ष्मी इक्विटी फण्ड (LEMF) को प्रतिइकाई खुद सम्पत्ति मूल्य (एनएभी) ८ रुपैयाँ ६६ पैसामा कायम छ । असोज महिनाको तुलनामा फण्डको एनएभी ९ पैसाले घटेको हो ।

एक अर्ब २५ करोड रुपैयाँको आकारमा सञ्चालन भएको फण्डको खुद सम्पत्ति मूल्य एक अर्ब ८ करोड १९ लाख ८५ हजार ३०१ रुपैयाँ छ । असोज महिनाको तुलनामा फण्डको खुद सम्पत्तिमा मूल्य एक करोड १३ लाख ८४ हजार रुपैयाँले ह्रास आएको हो ।

कार्तिक मसान्तमा फण्डले ६१ वटा सूचीकृत कम्पनीको १४ लाख ९६ हजार ९६८ कित्ता शेयरमा ७० करोड ५४ लाख ७ हजार ९१८ रुपैयाँ लगानी गरेको छ । असोज महिनाको तुलनामा फण्डको सूचीकृत शेयरमा ८ लाख ५६ हजार ९११ रुपैयाँले घटेको हो ।

कार्तिकमा फण्डले एक करोड ४९ लाख ९२२ रुपैयाँ सार्वजनीक निष्काशनमा लगानी गरेको छ । समीक्षा अवधिमा फण्डको बैंक मुद्धती निक्षेपमा ६ करोड रुपैयाँ छ ।

कार्तिक महिनामा फण्डले ३० करोड ८८ लाख ९४ हजार रुपैयाँ बैंक मौज्दातमा राखेको छ जुन असोज मसान्तको तुलनामा बैंक मौज्दात दुई करोड ६६ लाख ८८ हजार रुपैयाँ घटेको छ ।

कार्तिक महिनामा फण्डको कूल आय २१ करोड ७१ लाख ३५ हजार २७६ रुपैयाँ ऋणात्मक रहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।