साधारण शेयर निष्काशन गर्ने जनसेवी लघुवित्तले कति कमायाे खुद नाफा ?

Nov 28, 2018 Merolagani

जनसेवी लघुवित्त (JSLBSL) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २० लाख ७३ हजार रुपैयाँ खुद नाफा कमाएको छ। चार करोड २० लाख रुपैयाँ बराबरको साधारण शेयर जारी गर्न धिताेपत्र बाेर्डमा निवेदन दिएकाे यस लघुवित्तले गत वर्षको पहिलो त्रैमासको तुलनामा १९ लाख रुपैयाँले खुद नाफा बढाएको हो ।

 

पर्वतको कुश्मामा केन्द्रीय कार्यालय रहेको जनसेवी लघुवित्तले गत वर्षको प्रथम त्रैमासमा एक लाख ६४ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो । लघुवित्तको खुद ब्याज आम्दानीमा बढोत्तरी हुँदा नाफा वृद्धि भएको हो । 

चुक्ता पूँजी ९ करोड ८० लाख रुपैयाँ रहेको लघुवित्तको जगेडा कोषमा ७५ लाख ९९ हजार रुपैयाँ मात्र सञ्चित छ । असोज मसान्तमा १३ करोड ९० लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । लघुवित्तले ३१ करोड ७४ लाख रुपैयाँ सापटी लिएर ४८ करोड ६८ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।

चालू आवको पहिलो त्रैमासमा लघुवित्तले ८९ लाख ८७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको गरेको छ । गत वर्षको तुलनामा लघुवित्तको खुद ब्याज आम्दानी ६०.११ प्रतिशतले बढेको हो ।लघुवित्तमा निष्कृय कर्जा अनुपात १.२२ प्रतिशत छ ।

साधारण शेयर जारी गर्न लघुवित्तले एनएमबि क्यापिटललाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । आइपिओ जारी गरेपछि कम्पनीको चूक्ता पूँजी १४ करोड रुपैयाँ पुग्नेछ ।

२०७२ आश्विन १२ गते नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त गरी २०७२ कार्तिक २२ गते पर्वत जिल्लाको कुस्माबाट कारोवार सञ्चालन गरेको यस वित्तीय संस्थाको हाल अधिकृत पूँजी ३० करोड र जारी पूँजी १४ करोड रहेकोमा संस्थापकबाट ९ करोड ८० लाख चुक्ता भईसकेको छ ।

यस वित्तीय संस्थाले गरिब तथा न्यून आय भएको जनसमुदायमा समूह विस्तार गरी  १२ हजार २४६ जना ग्राहक सदस्यबाट २०७५ कार्तिक मसान्तसम्म १४ करोड ३६ लाख ६२ हजार २० रुपैयाँ बचत संकलन गरेको छ भने यस वित्तीय संस्थाले  ७ हजार ३४७ जना सदस्यलाई एक अर्ब ४४ करोड, ४३ लाख ७२ हजार ५०० रुपैयाँ कर्जा प्रवाह गरेकाे छ  ।

यसबाट लघुवित्तले ९५ करोड ८३ लाख १३ हजार ५८१ असुली गरि हाल ४८ करोड, ६० लाख ५८ हजार ९१९ रुपैयाँ लगानी गरिसकेको संस्थाका प्रमुख कार्यकारी अधिकृत कमल खत्रीले बताए ।  

हाल वित्तीय संस्थाको पर्वत, वाग्लुङ्ग, म्याग्दी, गुल्मी, रुकुम, रोल्पा, कास्की, तनहुँ, लम्जुङ्ग र गोरखा गरी १० जिल्ला कार्यक्षेत्र छ संस्थाले २१ वटा शाखा कार्यालय मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

यस वित्तीय संस्थाले स्वीकृत कार्यक्षेत्र भित्र शाखा विस्तार गरी हाल सम्म २५ वटा शाखा कार्यालय पु¥याइसकेको छ । निकट भविस्यमै यस वित्तीय संस्थाले थप कार्यक्षेत्रको रुपमा ५ जिल्ला (स्याङ्जा, पाल्पा, मकबानपुर, दाङ र चितवन) लाई कार्यक्षेत्र थपको प्रस्ताब सहित स्वीकृतीका  लागी नेपाल राष्ट्र बैंक समक्ष निवेदन पेश गरेको छ  । चालु आर्थिक वर्षमा संस्थाले थप ६ जिल्लामा गरी कूल शाखा सञ्जाल ३२ पुर्याउने लक्ष्य राखेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।