बैंक अफ काठमाण्डूकाे खुद नाफा ७२ प्रतिशतले बढ्यो, लाभांश क्षमता कति ?

Nov 16, 2018 Merolagani

बैंक अफ काठमाण्डू (BOKL) ले चालू आर्थिक वर्षको तीन महिना अवधिमा आफ्नो खुद नाफा गत अावकाे प्रथम त्रैमासकाे तुलनामा ७२.६५ प्रतिशतले  बढाएको छ । नेपाल फाइनान्सियल रिपोर्टिङ स्टान्डर्ड (एनएफआरएस) अनुसार बैंकले ३८ करोड ६८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

गत आर्थिक वर्षको प्रथम त्रैमासिक अवधिमा बैंकले २२ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

खुद नाफाभन्दा फ्रि प्रोफिट घट्यो

एनएफआरएस प्रतिवेदन अनुसार बैंकले २७ करोड ५६ लाख वितरण योग्य नाफा (फ्रि प्रोफिट) आर्जन गरेको उल्लेख छ । गत बर्ष यस्तो रकम २२ करोड ४० लाख रहेको थियो । बैंकले गत बर्षको तुलनामा यस बर्षको प्रथम त्रैमासिक अवधिमा ५ करोड १५ लाख रुपैयाँले फ्रि प्रोफिट बढाएको हो ।

एनएफआरएस रिर्पोट अनुसार बैंकले खुद नाफामा राष्ट्र बैंकको व्यवस्था अनुरुप रेगुलेटरी एड्जस्टमेन्टबाट ११ करोड ११ लाख रुपैयाँ व्यवस्था गर्दा बैंकको खुद नाफा भन्दा लाभांश क्षमता घटेको हो ।

राष्ट्र बैंकको व्यवस्था अनुरुप रेगुलेटरी एड्जस्टमेन्ट पश्चात कायम हुने वितरण योग्य नाफा (फ्रि प्रोफिट) केन्द्रीय बैंकले तोकेको प्रावधान अनुसार तोकिएको शिर्षकहरुमा व्यवस्था गरेपश्चात बैंकले शेयरधनीलाई लाभांश वितरणमा उपयोग गर्न मिल्छ ।

निक्षेप र कर्जा विस्तारमा सामान्य वृद्धि

बैंकको चुक्ता पूँजी ५ अर्ब ६२ करोड ९५ लाखबाट ७ अर्ब ७ करोड २८ लाख रुपैयाँ पुगेको छ । बैंकले ३ अर्ब ५३ करोड ८१ लाखको जगेडा कोष ५ अर्ब ९६ करोड ६३ लाखमा बढाएको छ ।

त्यसैगरि निक्षेप संकलनमा ६९ अर्ब ९५ करोड ४० लाखबाट ७९ अर्ब ९५ करोड ७४ लाख तथा बैंकको कर्जा लगानी रकम ं६० अर्ब ९५ करोड ७८ लाखबाट ७१ अर्ब ८० करोड ५५ लाखमा बढोत्तरी गरेको छ ।
समीक्षा अवधिमा बैंकको निक्षेप १५.७९ र कर्जा १७.७९ प्रतिशतले सुधार भएको छ । बैंकको चुक्ता पूँजी २५.६४ प्रतिशत, र जगेडा कोष ६८.४९ प्रतिशतले बढेको छ ।

खुद ब्याज आम्दानीमा बढोत्तरी

यस अवधिमा बैंक अफ काठमाण्डूले २ अर्ब ३७ करोड २४ लाख ब्याज आम्दानी गरेर १ अर्ब ४९ करोड ४५ लाख रुपैयाँ ब्याज खर्च गरेको छ । जसबाट उसले ८७ करोड ७९ लाख खुद ब्याज आम्दानी गरेको छ । गत वर्ष यसै अवधिमा बैंकको खुद ब्याज आम्दानी ५७ करोड ३६ लाख रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५३.०३ प्रतिशतले सुधार भएको हो ।

प्रतिशेयर आम्दानी बढ्याे, निष्कृय कर्जा अनुपात घट्दै 

समिक्षा अवधिमा बैंकले आफ्नो खराब कर्जा अनुपात घटाउँदै लगेको छ । गत आर्थिक वर्षको प्रथम तीन महिना अवधिमा बैंकमा २.०८ प्रतिशत खराब कर्जा अनुपात रहेकोमा यस वर्षमा घटेर १.६१ प्रतिशतमा झरेको छ ।

यस्तै नाफा बढाएपछि बैंकको प्रतिशेयर आम्दानी १५ रुपैयाँ ९२ पैसाबाट २१ रुपैयाँ ८८ पैसामा बढोत्तरी भएको छ । बैंकको प्रतिशेयर नेटवर्थ १८४ रुपैयाँ २९ पैसा रहेको छ।

प्रथम त्रैमासिक प्रतिवेदन अनुसार बैंकको कर्जा निक्षेप अनुपात ७७.४८ प्रतिशत रहेको छ । त्यस्तै बैंकको आधार ब्याजदर १०.६२ प्रतिशत र कोषको लागत ७।२० प्रतिशत छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।