डिप्रोक्स लघुवित्तको २०% लाभांश प्रस्ताव, ११ प्रतिशतले घट्यो लाभांश

Nov 29, 2018 Merolagani

डिप्रोक्स लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । अघिल्लो वर्ष १६ प्रतिशत बोनस र १५ प्रतिशत नगद गरी कूल ३१ प्रतिशत लाभांश वितरण गरेको लघुवित्तले गत वर्ष ११ प्रतिशतले लाभांश घटाएको हो ।

लघुवित्तको आम्दानी पनि आर्थिक वर्षमा घटेको थियो । त्यसको असर लघुवित्तको लाभांश वितरणमा पनि देखिएको हो। अघिल्लो आर्थिक वर्षमा २६ करोड २९ लाख कमाएको लघुवित्तको नाफा गत आर्थिक वर्षमा २३ करोड ८३ लाखमा संकुचित बनेको थियो ।

लघुवित्तको मंसिर १२ गते बुधबार सम्पन्न २३४ औं सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको कमाईबाट १० प्रतिशत बोनस र १० प्रतिशत नगद लाभाशं (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको हो ।

 

 

यसअनुसार लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ७० करोड ३१ लाख रुपैयाँको २० प्रतिशत अर्थात १४ करोड ६ लाख रुपैयाँ बराबरको लाभांश वितरण गर्नेछ

प्रस्तावित लाभांश राष्ट्र बैंक र कम्पनीको आगामी साधारणसभाले अनुमोदन गरेपछि मात्र शेयरधनीले प्राप्त गर्नेछन् । लाभांश वितरणपछि लघुवित्तको ७७ करोड ३४ लाख रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।

७० करोड ३१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ८ करोड ३४ लाखमा रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यस अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी ४७ रुपैयाँ ४८ पैसा छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।