नेप्से ३७ महिना यताकै न्यून विन्दुमा, ११४८ अंकमा झर्यो

Nov 29, 2018 Merolagani

निरन्तर ओरालो लागेको शेयर बजार परिसूचक नप्से ३७ महिना यताकै न्यून विन्दुमा झरेको छ । विहीबार नेप्सेमा दोहोरो अंकको गिरावट आउदा ११४८ विन्दुमा झरेको छ । यो ३७ महिना यताकै न्यून विन्दु हो ।

२०७२ कार्तिक १२ गते नेप्से सूचक ११४९ विन्दुमा रहेको थियो ।

विहीबार बजार खुलेदेखि नै निरन्तर ओरालो लागेको नेप्से १०.३७ अंकले झरेर ११४८.७० विन्दुमा झरेको छ ।

१६१ कम्पनीको कारोबार भएको बजारमा ३२ करोड २९ लाख बराबरको शेयर किनबेच भयो । कारोबार रकम अघिल्लो दिनको तुलनामा ८ करोड कम हो ।

कारोबारमा आएका वित्त र उत्पादन बाहेक सबै समूहका सूचक ओरालो लागेका छन् । निर्जीवन बीमा समूह सबैभन्दा धेरै १०५ अंकले झर्यो ।

 

यसदिन पनि नेपाल बैंकको सबैभन्दा धेरै कारोबार भयो । नेपाल बैंकको ५ करोड १९ लाख बराबरको शेयर किनबेच भयो । नेपाल बैंकको शेयर म्याचिङ्ग कारोबारले कारोबार रकम बढेको हो । एनएमबि बैंकको २ करोड ६७ लाख बराबरको शेयर किनबेच भयो ।

सबैभन्दा धेरै छ्याङ्दी हाइड्रोको शेयरमूल्य ३.८८ प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै आईएमइ जनरल इन्स्योरेन्सको शेयर मूल्य ५.८५ प्रतिशतले घटेको छ ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।