गुराँस लघुवित्तले एनआईबिएल एस क्यापिटल मार्फत आइपिओ जारी गर्ने

Nov 29, 2018 Merolagani

गुराँस लघुवित्त वित्तीय संस्थाले २ करोड ५० लाख बराबरको आइपिओ निष्काशनको प्रक्रिाय अगाडि बढाएको छ । जसका लागि कम्पनीले एनआईबिएल एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

लघुवित्तले पप्रति शेयर एक सय रुपैयाँ अंकित दरका २ लाख ५० हजार कित्ता शेयर सर्वसाधारणहरुमा निष्काशन गर्न लागेको हो ।

सो शेयर निष्काशन सम्बन्धी सम्झौतापत्रमा गुराँस लघुवित्त वित्तीय संस्था लि. तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत नगेन्द्र मिश्र र एनआईबिएल एस क्यापिटलको तर्फबाट महाप्रबन्धक मेख बहादुर थापाले हस्ताक्षर गरे ।

गुराँस लघुवित्त वित्तीय संस्थाको अधिकृत पूँजी १० करोड, जारी पूँजी ७ करोड ७५ लाख र चुक्ता पूँजी ५ करोड २५ लाख रहेको छ । सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात संस्थाको चुक्ता पूँजी ७ करोड ७५ लाख हुनेछ ।

२०७३ साल कार्तिक २२ गते नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्र प्राप्त गरेको यस वित्तीय संस्थाले २०७३ साल मंसीर १३ गतेदेखि आफ्नो वित्तीय कारोवारको गर्दे आएको छ ।

धनकुटा ७, हुलाक टोल केन्द्रीय कार्यालय रहेको यस वित्तीय संस्थाले स्थापनाको छोटो अवधिमै आफ्नो कार्यक्षेत्र धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुर, ओखलढुङ्गा, ताप्लेजुङ्ग, पाँचथर, इलाम, मोरङ्ग र सुनसरी गरी १० जिल्ला भित्र २२ वटा शाखा कार्यालय मार्फत् करिव ११ हजार विपन्न वर्गका महिला तथा पुरुषहरुलाई समूहमा आबद्घ गरी करिव ७ करोड बचत संकलन तथा करिव ४९ करोड कर्जा प्रवाह गरेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।