सूचना,सञ्चार तथा प्रविधिमन्त्री गोकुल बास्कोटाले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गरेका मन्त्रिपरिषद् बैठकका मूख्य निर्णयहरु यस्ता छन् ।
१. राष्ट्रपति बिद्या भण्डारीको जलबायु सम्मेलनको लागिआगामी मंसीर १७ र १८ मा हुने पोल्याण्ड भ्रमणको स्वीकृति प्रदान ।
२. कम्वोडियाका प्रधानमन्त्रीहुन सेन र म्यानमारको स्टेट काउन्सिलर आङसाङ सुकीको नेपाल भ्रमणलाई स्वीकृत ।
३. नेपाल र कम्बाडियाबिचको हवाई सम्झौताको स्वीकृत ।
४. खेलकुदमन्त्रीको भारत भ्रमण अनुमोदन ।
५.नेपाल–भारत सुरक्षा सम्वन्धि कार्यक्रम काठमाण्डौमा गर्न स्वीकृति
६. राजनीतिकबार्ता टोलीको समय थप गर्ने निर्णय ।
७. भरतपुर नगरपालिका र वाइसाइड काउन्सिल अष्ट्रलियाबिच भगिनी सम्वन्ध स्थापना गर्न स्वीकृति ।
८. सामाजिक सुरक्षा कार्यक्रमको व्यवस्थापन र प्रचार–प्रसारका लागि कोषलाई ६७,२३,७५० रुपैयाँ निकासा गर्ने निर्णय ।
९. सुनसरीको दुहवीमा हत्या गरिएका फिदा हुसैन र कपिलवस्तुमा हत्या भएका दिपेन्द चौधरीको परिवारलाई १०–१० लाख दिने निर्णय ।
मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरूकाे पूर्णपाठ हेर्नुहाेस्