बैंकले निष्काशन गर्ने उक्त ऋणपत्रमा छिटोमा मंसिर २६ गते र ढिलोमा पुस २३ गतेसम्म आवेदन गर्न पाउने व्यवस्था गरिएको छ।
पछिल्लो समय सानिमा बैंकको ऋणपत्रको समयावधिमा ढिलो मितिसम्म लम्बिएकाले यस बैंकको पनि ऋणपत्र पनि ढिलो मितिसम्मै लम्बिन सक्ने सम्भावना देखिन्छ ।
ऋणपत्रको बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ। इच्छुक लगानीकर्ताले धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्प्रर्ण सि आश्वा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत उक्त ऋणपत्रमा आवेदन दिन सक्नेछन् । जसका लागि न्यूततम २५ कित्ताको २५ हजारदेखि अधिकतम एक लाख कित्ताको लागि १० करोड रुपैयाँसम्मका आवेदन गर्न सकिनेछ ।
सिद्धार्थ बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ अंकित मूल्यमा २२ लाख ५० हजार कित्ता ऋणपत्र निष्काशन गरेको हो । निष्काशित ऋणपत्रमध्ये २० प्रतिशत अर्थात ४५ करोड रुपैयाँ सर्वसाधारणका लागि र ८० प्रतिशत अर्थात एक अर्ब ८० करोड रुपैयाँ व्यक्तिगत तबरबाट बिक्री हुनेछ ।
हाल बैंकमा बचत खाताको ब्याजदर अधिकतम ७ प्रतिशत र मुद्धती निक्षेपको १० प्रतिशत रहेको छ । ऋणपत्रमा १०.५ प्रतिशत ब्याज पाइने भएकाले यसमा लगानीकर्ताले उच्च प्रतिफलको प्राप्त गर्ने बैंकले जनाएको छ ।
बैंकहरु ऋणपत्र निष्काशनमा यसकारण दिँदैछन् जोड
पछिल्लो समय बजारमा लगानीयोग्य पूँजी अभाव कायमै रहेको छ । जसका कारण वाणिज्य बैंकहरु कल डिपोजिटमा नै ७ प्रतिशत ब्याजदर दिने होडबाजीमा लागेका छन् ।
चालू आर्थिक वर्षको प्रथम त्रैमासमा एक दर्जन वाणिज्य बैंकहरु कर्जा प्रवाह गर्न नसक्ने अवस्थामा छन् । उनीहरु सबैको कर्जा निक्षेप अनुपात राष्ट्र बैंकले तोकेको ८० प्रतिशत नजिक रहेको छ । अन्य सबै वाणिज्य बैंकहरुको पनि कर्जा निक्षेप अनुपात ७५ प्रतिशत रहेको छ । जसबाट बच्न पनि बैंकहरुलाई निक्षेप संकलन बढाउनु निर्विकल्प जस्तै बन्न पुगेको छ ।
अर्कोतिर अधिक कर्जा परिचालन र नाफा वृद्धिमा बैंकहरु अग्रसर बन्दा वाणिज्य बैंकहरुको पूँजी कोष अनुपात पनि संकुचित हुँदै गएको छ ।
राष्ट्र बैंकले वाणिज्य बैंकको पूँजी कोष अनुपात न्यूनतम ११ प्रतिशत हुनुपर्ने व्यवस्था गरेको छ । वाणिज्य बैंकहरुलाई पूँजी कोष अनुपात बढाएर कारोबार विस्तार गर्नका गर्नका लागि पछिल्लो समय ऋणपत्र बैंकहरुको प्राथमिकतामा पर्न थालेको हो ।
राष्ट्र बैंकले पूँजी कोष अनुपात गणना गर्दा ऋणपत्रलाई पुरक पूँजीको रुपमा गणना गर्न पाइने सुविधा राष्ट्र बैंकले दिएको छ। यसरी पूँजी कोष अनुपातमा वाणिज्य बैंकहरुलाई ५ प्रतिशत हिस्सा पुरक पूँजीबाट मिलाउन पाउने व्यवस्था रहेछ ।
सिद्धार्थ बाहेक सानिमा बैंकले दुई अर्ब रूपैयाँको सानिमा डिबेञ्चर जारी गरिरहेको छ । १० बर्ष अवधिको यस ऋणपत्रमा १० प्रतिशत ब्याजदर प्राप्त हुने बैंकले जनाएको छ । यसमा आवेदन गर्ने अन्तिम दिन पुस १ गते रहेको छ ।
एनआईसी एशिया बैंकले भदौ महिनामा मात्रै ११ प्रतिशत ब्याजदरको ७ बर्ष अवधिको १ अर्ब ८३ करोड रुपैयाँको ऋणपत्र निष्काशन गरेकोमा फेरि ११ प्रतिशत ब्याजदरमै १० बर्ष अवधिको ४ अर्ब रुपैयाँको ऋणपत्र निष्काशनका लागि बिक्री प्रबन्धक चयन गरिसकेको छ । बैंकको यो चौंथो ऋणपत्र हो ।