सनराइज बैंकले घटाएर प्रस्ताव गर्याे लाभांश, शेयरधनीलाई नगद मात्र

Nov 30, 2018 Merolagani

सनराइज बैंक (SRBL) ले गत आर्थिक वर्षको नाफा तथा सञ्चित जगेडा कोषबाट शेयरधनीलाई ११.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिको मंसिर १३ गते सम्पन्न ३०३ औं बैठकले सो लाभांश प्रस्ताव गरेको हो ।

यसअनुसार बैंकले चुक्ता पूँजी आठ अर्ब १५ करोड २५ लाखको ११ं५ प्रतिशतले हुन आउने ९३ करोड ७५ लाख ४३ हजार लाभांश वितरण गर्नेछ । अघिल्लो आर्थिक वर्षको नाफाबाट बैंकले १५ प्रतिशत बोनस वितरण गरेको थियो । 

प्रस्तावित बैंकको लाभांश राष्ट्र बैंकको स्वीकृती तथा बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीलाई वितरण हुनेछ । गत आर्थिक वर्षको नाफाबाट बैंकले एक अर्ब ३१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 

 

चालू आवको प्रथम त्रैमासमा बैंकले ३३ करोड १४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत वर्ष यसै अवधिमा २० करोड ३७ लाख खुद नाफा गरेकोमा १२ करोड ७७ लाखले मुनाफा बढाएको हो । 

८ अर्ब १५ करोड २५ लाख रुपैयाँ चुक्त्ता पूँजी रहेकाे बैंकको वार्षिक प्रतिशेयर आम्दानी ९ रुपैयाँ ९९ पैसाबाट १६ रुपैयाँ २६ पैसामा बढेको छ ।

सनराइज बैंकको खुद नाफासँगै समग्र सूचकहरुमा यस्तो देखियो प्रगति

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।