नेपाल बंगलादेश बैंकले १०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने

Nov 30, 2018 Merolagani

नेपाल बंगलादेश बैंक (NBB) ले गत आर्थिक वर्षको मुनाफाबाट कर सहित १०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको मंसिर १३ गते विहिबार बसेको ३३२ औं सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

गत वर्ष १२ प्रतिशत बोनश र ३ प्रतिशत नगद लाभांश गरि कूल १५ प्रतिशत लाभांश वितरण गरेको थियो । 

बैंकले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकको स्वीकृती तथा बैंकको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीलाई वितरण हुनेछ ।

 

आठ अर्ब आठ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३० करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

पहिलो त्रैमास सम्म बैंकको प्रतिशेयर आम्दानी १४ रुपैयाँ ९४ पैसा, प्रतिशेयर नेटवर्थ १५० रुपैयाँ २४ पैसा र मूल्य आम्दानी अनुपात २० गुणा बढी छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।