शेयर लगानीकर्ताले बजार सुधारको माग राख्दै धितोपत्र बोर्डमा बुझाए दश बुदेँ माग

Nov 30, 2018 Merolagani

शेयर लगानीकर्ता दबाब समूहले मंसिर १४ गते शुक्रबार धितोपत्र बोर्ड घेराउ गरेको छ । शेयर बजारको सुधार र बिस्तारका लागि दबाब सिर्जना गर्न बनाईएको लगानीकर्ताहरुको समूहले शुक्रबार बोर्डमा १० बुँदे माग पत्र बुझाएको छ ।

बोर्डले पूँजी बजार सुधार तथा विस्तार र लगानीकर्ताको सम्पत्ति सुरक्षा नगरेको भन्दै गठन भएको दबाब समूहले तत्काल बजार सुधारका लागि बोर्डले ठोस कदम नचाले आमरण अनशनमा उत्रर्ने चेतावनी समेत दिएको छ ।

पूँजी बजारमा हुनुपर्ने सुधार तथा बजार बिस्तारका कामहरु समयमै नहुँदा त्यसको गंभीर असर पर्न गई हामी लगानीकर्ताले धान्नै नसक्ने क्षति ब्यहोरेको उनीहरुको भनाई छ । नियमनकारी निकायहरुले पूँजी बजारमा गर्छु भनी बर्षौदेखि नगरेका कामहरु तत्काल सम्पन्न गर्न गराउँन शेयर लगानीकर्ता समूहले मागपत्र बुझाएको दबाब समूहका हरि ढकालले मेरो लगानीलाई बताए ।

यस्ता छन दबाब समूहका दश माग 

१. सरकारले पूँजी बजारसम्बन्धी आफ्नो धारणा तथा नीति स्पष्ट गरोस र बजार सुधार तथा बिस्तारका लागि तत्काल बिशेष कार्यक्रम ल्याओस् ।

२. अनलाईन कारोबार प्रणालीको पहुँच तत्काल आम लगानीकर्तामा पुर्याईओस् ।

३. धितोपत्र बोर्डले तीन बर्ष अघिदेखि गैर आवासीय नेपाली र विदेशमा बस्ने नेपालीलाई पूँजी बजारमा ल्याउन कार्य्विधि बन्दै गरेको भन्दै आएकोमा तत्काल सो कार्य्विधि लागु गरी उनीहरुलाई पूँजी बजारमा भित्र्याईयोस् ।

४. शेयर दलाल मार्फत मार्जिन ट्रेडिड. तत्काल खुला गरियोस् ।

५. शेयर धितो कर्जाको सिमा धितो मूल्यांकनको ८० प्रतिशत पुर्याईयोस र जोखिम भारित अंश १०० प्रतिशत वा सो भन्दा कम कायम गरी सस्तो ब्याजमा कर्जा प्राप्त हुने ब्यवस्था गरियोस् । प्राथमिक पूँजीको २५ प्रतिशतसम्म हैन, कुल कर्जा लगानीको २५ प्रतिशत रकम बैंक तथा बित्तीय संस्थाले शेयर धितो कर्जा प्रबाह गर्नसक्ने ब्यवस्था होस् ।

६. धितोपत्र बोर्डले तीन बर्षदेखि भन्दै आएको मार्केट मेकर र डिलरशीपको तत्काल ब्यवस्था होस् ।
७. ग्रेड चार र पाँच रेटिड. प्राप्त गरेका कम्पनीहरुलाई आईपीओ बिक्री गर्न तत्काल बन्देज लगाई जलबिद्युत र अन्य कम्पनीहरुलाई प्रत्यक्ष नियमनकारी निकायको ब्यवस्था भएपछि मात्र आईपीओ ल्याउन पाउने ब्यवस्था गरियोस् ।

८. कम्पनीले हकप्रद शेयर बिक्रीको प्रस्ताब सार्वजनिक गर्नु अगाबै संस्थापक र आधारभुत शेयरधनीहरुले प्रस्तावित हकप्रदको ७५ प्रतिशत रकम जम्मा गरेपछि मात्र प्रस्ताब सार्वजनिक गर्न र साधारणसभामा पेश गर्न पाउने ब्यवस्था गरियोस् ।

९. सहायक कम्पनी खोलेर आबेदन गरेका बाणिज्य बैंकलाई तत्काल ब्रोकर लाईसेन्स दिनुका साथै देशका सबै जिल्ला समेट्ने गरी नयाँ शेयर दलालहरुलाई तत्काल ब्रोकर लाईसेन्स दिएर पूँजी बजारमा देशभरिका जनताको पहुँच कायम हुने ब्यवस्था गरियोस् ।

१०. कम्पनीहरुले एफपीओ बिक्रीको प्रस्ताब गर्दा प्रति शेयर नेटवर्थ भन्दा मूल्य बढी नहुने शर्तमा मात्र स्वीकृत गरियोस् ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।