नबिल बैंकको भिसाकार्ड प्रयोगमा १० प्रतिशत सम्म नगद फिर्ता पाइने

Nov 30, 2018 Merolagani

नबिल बैंक (NABIL) ले भिसाकार्ड प्रयोगमा १० प्रतिशत नगद फिर्ता योजना ल्याएको छ । भिसाकार्ड वाहकलाई लक्षित गरेर “नबिल भिसाकार्ड क्यास(ब्याक” नामक “नबिल भिसाकार्ड प्रवर्धनात्मक नगद फिर्ता योजना शुरु गरेको हो ।

यस योजना अन्र्तगत कुनैपनि नबिल बैंकका भिसाकार्ड वाहक (डेविट/क्रेडिट/प्रिपेड) ग्राहकहरुले नेपाल भित्रका पिओएसबाट प्रत्येक पटक सफल कारोबारको १० प्रतिशत अथवा अधिकतम पाँच सय रुपैयाँ सम्म नगद फिर्ता पाउने बैंकले जनाएको छ ।

यो योजना मंसिर १४ गते देखि पौष १६ गते सम्मको कारोबारमा सहभागि हुनेले मात्रै प्राप्त गर्नेछ ।

“नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको नीति बमोजिम विद्युतिय कारोबारका लागि प्रेरित गरी कार्ड मार्फत नियमित कारोवार गर्न डिजिटल बैंकिङ विकास गर्नको यस योजनाले सहयोग पुग्ने बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहको दाबी छ ।

“नबिल भिसाकार्ड क्यास(ब्याक” नामक “नबिल भिसाकार्ड प्रवर्धनात्मक दोस्रो चरणको अभियानमा बैंकका भिसाकार्ड वाहकहरु अधिक लाभान्वित हुने बैंकको अपेक्षा छ ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।