शेयर बजारमा अनलाईन नचलेकाेबारे सरकारकाे यस्ताे स्पष्टाेक्ति (भिडियाे)

Nov 30, 2018 Merolagani

अनलाईन शेयर कारोबारमा आएकाे समस्या छिट्टै समाधान हुने सरकारका प्रवक्ताले बताएका छन्। अनलाईनमा देखिएकाे समस्या गम्भिर रहेकाे भन्दै केहि समय धैर्य गर्न सबै पक्षलाई सरकारले आग्रह गरेको छ ।

मन्त्रिपरिषद्ले गरेको निर्णय सार्वजनिक गर्न बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सरकारले शेयर बजार पारदर्शी,प्रविधिमैत्री र सुरक्षीत बनाउन चाहेको बताए ।

अनलाईन नचलेर आम लगानीकर्ता मर्कामा परेकोबारे मेरोलगानीको प्रश्नमा मन्त्री बास्कोटाले भने ''शेयर बजारबारे मैले धेरै त बुझ्दिन तर सरकारले चाहेको छ की आम लगानकर्ता र ब्रोकरले सहज ढङ्गबाट अनलार्इन मार्फत कारोबार गरून्।''

शेयर बजार र अनलाईन प्रणाली प्राविधिक विषय भएको भन्दै मन्त्री बास्कोटाले अर्थमन्त्रालयका प्रतिनिधिलाई प्रश्नबारे स्पष्ट पार्न आग्रह गरेका थिए ।

मन्त्रीको आग्रहपछि अर्थमन्त्रालयका प्रतिनिधि (प्रवक्ता नताेकिएकाे) ले अनलाईनमा देखिएको समस्याबारे मन्त्रालयको ध्यानाकर्षण भएको बताए। समस्या समाधानका लागि काम भइरहेको र अनलाईन प्रणाली छिट्टै सहज हुने उनले जानकारी दिए ।

गत कार्तिक २० गते ताम-झामसाथ अर्थमन्त्रीले अनलाईन शेयर काराेबारकाे उद्घाटन गरेका थिए ।  सुरूवाती दिनमा शेयर दलाल व्यवसायिकाे लागि र मंसिरदेखि आम लगानीकर्ताका लागि सुचारू हुने भनिएकाे अनलाईन काराेबार हालसम्म पनि प्रभावकारी बन्न सकेकाे छैन । 

प्रभावकारी रूपमा अनलाईन नचलेपछि लगानीकर्ताहरू निरन्तर खबरदारी अभियानमा लागेका छन् । मंसिर १२ गते साेमबार अनलाईन काराेबार व्यवस्थित बनाउन माग गर्दै नेप्से घेर्न पुगेका लगानीकर्तालाई प्रहरीले लाठी प्रहार गरेकाे थियाे । 

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।