ग्लोबल आइएमई समुन्नत योजना–१ को एनएभी ८ रुपैयाँ ३३ पैसा

Nov 30, 2018 Merolagni

कार्तिक महिनामा ग्लोबल आइएमई समुन्नत योजना–१को प्रति इकाई खुद सम्पत्ति मूल्य (एनएभी) ८ रुपैयाँ ३३ पैसामा कायम भएको छ । असोज महिनाको तुलनामा फण्डको एनएभी २४ पैसाले घटेको छ । असोज महिनामा फण्डको एनएभी ८ रुपैयाँ ५७ पैसा थियो ।

यस फण्डको आकार एक अर्ब रुपैयाँको छ । कार्तिक महिनामा फण्डको खुद सम्पत्ति ८३ करोड ३१ लाख ३४ हजार रुपैयाँ छ ।

यो असोज महिनाको तुलनामा दुई करोड ३४ लाख ३७ हजार ६९३ रुपैयाँले घटेको हो । 

कार्तिक मसान्तमा फण्डले ७० करोड ११ लाख ४८ हजार ३२३ रुपैयाँ सूचीकृत शेयरमा लगानी छ । गत महिनाको तुलनामा फण्डका सूचीकृत शेयरमा एक करोड ३२ लाख ८ लाख रुपैयाँले घटेको हो ।

असोज महिनामा फण्डले ७१ करोड ४३ लाख ५६ हजार ३६६ रुपैयाँ सूचीकृत शेयरमा लगानी गरेको थियो । यस महिना फण्डले एक करोड रुपैयाँ सूचीकृत ऋणपत्रमा लगानी गरेको छ ।

त्यसैगरी कार्तिक महिनामा फण्डले तीन करोड ५४ लाख २३ हजार ९०५ रुपैयाँ सूचीकृत नभएको शेयरमा लगानी गरेको छ । कार्तिकमा फण्डको मुद्धती निक्षेपमा ५ करोड रुपैयाँ मात्र छ ।

असोज मसान्तसम्ममा तीन करोड ९१ लाख ५८ हजार ५७९ रुपैयाँ बैंक मौन्दातमा छ भने ५४ लाख ७९ हजार ९२५ रुपैयाँ बराबरको अन्य सम्पत्ति रहेको छ ।

कार्तिक महिनामा फण्ड २२ करोड २६ लाख ७९४ रुपैयाँ नोक्सानीमा छ भने ७३ लाख ५७ हजार ९४६ रुपैयाँ खर्च गरेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।