एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुवै फण्डको एनएभि घट्यो

Nov 30, 2018 Merolagani

कार्तिक महिनामा एनएमबि म्युचुअल फण्ड अन्र्तगत सञ्चालित दुई म्युचुअल फण्डको एनएमबि हाईब्रिड फण्ड एल–१ र एनएमभि सुलभ इन्भेष्टमेन्ट फण्ड–१ को प्रति इकाई खुद सम्पत्ति मूल्यमा गिरावट आएको छ ।

हाईब्रिड फण्ड एल–१को एनएभि ३ पैसाले घटेको छ भने सुलभ इन्भेष्टमेन्ट फण्ड–१को एनएभि ९ पैसाले संकुचित भएको छ ।

 

एनएमबि हाईब्रिड फण्ड एल–१

कार्तिक मसान्तमा एनएमबि हाईब्रिड फण्ड एल–१ को प्रति इकाई खुद सम्पत्ति मूल्य (एनएभि) १० रुपैयाँ ४८ पैसा छ । असोज महिनाको तुलनामा फण्डको एनएभि ३ पैसाले घटेको हो । असोजमा फण्डको एनएभि १० रुपैयाँ ५१ पैसा थियो ।

एक अर्ब आकारको फण्डमा एक अर्ब ४ करोड ८३ लाख ५० हजार ८७५ रुपैयाँ खुद सम्पत्ति रहेको छ । गत महिनाको तुलनामा फण्डको खुद सम्पत्ति ३१ लाख १३ हजार ५८९ रुपैयाँले घटेको हो ।

कार्तिक मसान्तमा फण्डले २४ करोड २५ लाख ८० हजार ३१५ रुपैयाँ सूचीकृत कम्पनीको शेयरमा लगानी गरेको छ । गत महिनाको तुलनामा फण्डको सूचीकृत शेयरमा ९५ लाख ६७ हजार ३४६ रुपैयाँले लगानी घटेको हो । असोजमा फण्डले २५ करोड २१ लाख ४७ हजार ६६१ रुपैयाँ सूचीकृत शेयरमा लगानी थियो ।

यस महिनामा फण्डको ऋणपत्रमा ८ करोड ५० लाख, सार्वजनीक निष्काशन, हकप्रद र बोनस शेयरमा एक करोड १९ लाख ४४ हजार २३२ रुपैयाँ लगानी छ । साथै स्थिर आय उपकरणमा ५४ करोड रुपैयाँ लगानी गरेको विवरणले देखाएको छ ।

कार्तिक महिनामा फण्डको बैंक मौज्दातमा १६ करोड ४१ लाख २६ हजार ७९३ रुपैयाँ छ भने एक करोड १८ लाख ५२ हजार ६०१ रुपैयाँ बराबरको अन्य सम्पत्ति रहेको छ ।

कार्तिक महिनामा दुई करोड ८७ लाख ११ हजार ३७८ रुपैयाँ आम्दानी गरेको फण्डले ७२ लाख २५ हजार २०९ रुपैयाँ खर्च गरेको छ ।

एनएमभि सुलभ इन्भेष्टमेन्ट फण्ड–१

कार्तिक मसान्तमा एनएमभि सुलभ इन्भेष्टमेन्ट फण्ड–१को प्रति इकाई खुद सम्पत्ति मूल्य (एनएभि) ११ रुपैयाँ २१ पैसा कायम छ । गत महिनाको तुलनामा फण्डको एनएभि ९ पैसाले ह्रास भएको हो । असोजमा फण्डको एनएभि ११ रुपैयाँ ३० पैसा कायम थियो ।

७५ करोडको आकारमा सञ्चालति फण्डको कार्तिक महिनाको खुद सम्पत्ति ८४ करोड ६ लाख ६ हजार ३८० रुपैयाँ छ । यो गत महिनाको तुलनामा ७० लाख ४८ हजार रुपैयाँले घटेको हो ।

कार्तिकमा फण्डले ४० करोड ९७ लाख ५१ हजार ८५३ रुपैयाँ सूचीकृत ५९ कम्पनीको शेयरमा लगानी गरेको छ । गत महिामको तुलनामा फण्डको सूचीकृत शेयरमा एक करोड ९ लाख ५८ हजार रुपैयाँले लगानी घटेको हो । असोजमा फण्डले ४२ करोड ७ लाख १० हजार ६०० रुपैयाँ सूचीकृत शेयरमा लगानी गरेको थियो ।

यस महिनामा फण्डको ऋणपत्र तथा बोण्डमा ७ करोड ४० लाख रुपैयाँ, सार्वजनीक निष्काशन, हकप्रद तथा बोनस शेयरमा एक करोड ६२ लाख ३८ हजार ४७४ रुपैयाँ लगानी गरेको छ । साथै फण्डको स्थिर आय उपकरणमा ९ करोड रुपैयाँ लगानी छ ।

कार्तिक मसान्तसम्ममा फण्डको बैंक मौज्दातमा ३५ करोड ६२ लाख ७ हजार ८५९ रुपैयाँ सञ्चित छ भने ६ करोड एक लाख १८ हजार १४० रुपैयाँ बराबरको अन्य सम्पत्ति रहेको छ ।

कार्तिक महिनामा दुई करोड ६ लाख ६३ हजार ३७८ रुपैयाँ आम्दानी गरेको फण्डले ७८ लाख २७ हजार ८९१ रुपैयाँ खर्च गरेको छ ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।