पूँजी बजारका समस्या बारे अर्थ समितिले सरोकारवालसँग छलफल थाल्ने

Nov 30, 2018 Merolagani

पूँजी बजारमा देखा परेका विद्यमान समस्या र तीनको समाधान बारे संसदको अर्थ समितिमा छलफल हुने भएको छ । अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले पूँजी बजारका समस्या तत्काल समाधनका लागि धितोपत्र बोर्ड लगायत सरोकारवाला निकायसँग छलफल गर्ने जानकारी दिएका छन् ।



शुक्रबार शेयर लगानीकर्ता दबाब समूहका सदस्यहरुले सभापति दाहाललाई भेटी पूँजी बजारका समस्या बारे जानकारी गराएका थिए ।

लगानीकर्तासँगको भेटमा दाहालले धितोपत्र बोर्ड लगायत नियमनकारी निकाय, लगानीकर्ता र अर्थमन्त्रालयका अधिकारीलाई समेत संसदको अर्थ समितिमा छलफलका लागि बोलाउने प्रतिबद्धता जनाएका हुन् ।

पूँजी बजारमा गम्भिर समस्या देखिएको बारेमा सरकार र नियमनकारी निकायसँग सामुहिक छलफल गर्नु अघि सभापति दाहालले धितोपत्र बोर्डका अधिकारीहरुलाई आईतबार सिंहदरबार बोलाउने दबाब समूहका टोलीलाई बताएको एक सहभागीले मेरो लगानीलाई जानकारी दिए ।

सभापति दाहालले पूँजी बजार सुधार तथा बिस्तारका कामहरु नहुँदा साना तथा मध्यमस्तरका लगानीकर्ता ठूलो जोखिममा रहेको भन्दै त्यसबारेमा अर्थमन्त्री डा. युवराज खतिवडासँग पनि छलफल गर्ने भएका छन् ।

सभापति दाहालले भने – 'सरोकारवाला सबैसँग अलग अलग छलफल गर्छु र त्यसपछि सामुहिक छलफल आयोजना गरेर पूँजी बजारमा देखिएका समस्या समाधानको पहल गर्छु ।'

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।