घट्दो शेयर बजारमा ओरालो लागे बीमा कम्पनीका शेयर

Nov 30, 2018 Merolagani

शेयर बजार निरन्तर ओरालो लागेका कारण जीवन बीमा कम्पनीको शेयर समेत घटेको छ । कुनै समय शेयर लगानीकर्ताका लागि आकर्षक मानिएका जीवन र निर्जीवन बीमा कम्पनीको शेयर घटेपछि लगानीकर्तालाई त्यसले नकारात्मक प्रभाव पारेको छ ।

बजार घटेर तीन वर्ष पहिलेको स्थानमा आइपुगेको छ। बिहीबार बजार १० दशमलव ७२ बिन्दुले घटेर एक हजार १४८ बिन्दुमा झरेको छ । बिहीबार निर्जीवन र जीवन बीमा कम्पनीका शेयरमा उच्च अङ्कको गिरावट भएको थियो ।

स्टकमा कूल सात जीवन बीमा कम्पनीका शेयर सूचीकृत भएका छन् । बजार ओरालो लागेका कारण बीमा कम्पनीको शेयर प्रभावित भएको छ । केही कम्पनीको शेयरको मूल्य मात्रै ५०० रुपैयाँ माथि रहेका छन् ।

स्टकमा बिहीबार भएको कारोबारका आधारमा लाइफ इन्स्यारेन्स कम्पनीको मात्रै शेयर मूल्य एक हजार ४७५ रहेको छ । नेपाल लाइफ इन्स्योरेन्सको शेयर मूल्य ९१६ रुपैयाँ छ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको ६२७ रुपैयाँमा कारोबार भएको छ । एशियन लाइफ इन्स्यारेन्सको ४९६ रुपैयाँमा कारोबार भएको छ ।

यस्तै गुराँस लाइफ इन्स्योरेन्सको बिहीबार ५९८ मूल्यमा कारोबार भएको छ । प्राइम लाइफ इन्स्यारेन्स कम्पनीको अवस्था पनि कमजोर रहेको छ । बजार ओरालो लाग्दा सो कम्पनीको शेयर मूल्य घटेर ४०४ मा कारोबार भएको छ ।

सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको ४४७ मूल्यमा खरिद बिक्री भएका छन् । स्टकमा विभिन्न १५ निर्जीवन बीमा कम्पनीका शेयर सूचीकृत भएका छन् । तुलनात्मकरुपमा निर्जीवन बीमा कम्पनीको शेयर बजार ओरोलो लाग्दा प्रभावित भएको छ ।

निर्जीवन बीमा कम्पनीमध्ये युनाइटेड इन्स्यारेन्स कम्पनीको ७०६ रुपैयाँमा कारोबार भएको छ । गत वर्ष मङ्सिर दोस्रो साता एक हजार २६१ रुपैयाँमा कारोबार भएको सो कम्पनीको शेयर घटेर नयाँ बिन्दुमा आएको हो ।

निर्जीवन बीमा कम्पनीमध्ये सिद्धार्थ इन्स्योरेन्स कम्पनीको बजार मूल्य घटेको छ । बिहीबार सो कम्पनीको शेयर प्रतिकित्ता ५८५ रुपैयाँमा कारोबार भएको थियो । गत वर्षको मङ्सिर दोस्रो साता प्रतिकित्ता एक हजार ११५ रुपैयाँमा कारोबार भएको सो कम्पनीको शेयरमा करीब ५० प्रतिशत घटेको हो ।

गत वर्षको मङ्सिरमा एक हजार ७७८ मा बिक्री भएको शिखर इन्स्योरेन्स कम्पनीको शेयर घटेर ७९५ मूल्यमा खरिद बिक्री भएको छ । सगरमाथा इन्स्योरेन्स कम्पनीको शेयर सामान्य अङ्कले मात्रै घटेको छ ।

गत वर्षको मङ्सिरमा एक हजार ४५५ रुपैयाँमा कारोबार भएको सो कम्पनीको शेयर बिहीबार भने एक हजार २५० रुपैयाँमा कारोबार भएको छ । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रतिकित्ता नौ हजार १७० रुपैयाँमा कारोबार भएको छ ।

गत वर्षको मङ्सिरमा सो कम्पनीको प्रतिकित्ता १५ हजार १९८ रुपैयाँमा खरिद बिक्री भएको थियो । बजार ओरालो लाग्दा राष्ट्रिय बीमा कम्पनीको शेयर प्रभावित भएको छ ।

बिहीबारको कारोबाका आधारमा प्रुडेन्डियल इन्स्योरेन्स ६१८रुपैयाँ, प्रिमियर इन्स्यारेन्स ९१५ रुपैयाँ, प्रभु इन्स्योरेन्स लिमिटेड ४०६ रुपैयाँ, एनएलजी इन्स्यारेन्स ७९५ रुपैयाँ, नेपाल इन्स्यारेन्स कम्पनी ५०१ रुपैयाँ, नेको इन्स्यारेन्स कम्पनीको प्रतिकित्ता ४५५ रुपैयाँमा कारोबार भएको छ ।

यसैगरि लुम्बिनी जनरल इन्स्यारेन्स ४६९, आइएमई जनरल इन्स्योरेन्स ३७०, हिमालयन जनरल इन्स्यारेन्स ३७० र एभरेस्ट इन्स्यारेन्स कम्पनीको शेयर ७७५ मूल्यमा खरिद बिक्री भएका छन् ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।