जोशी हाइड्रोको १७ करोडको आईपिओ निष्काशन, कति गर्ने आवेदन ?

Dec 02, 2018 Merolagani

जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले मंसिर १६ गतेदेखि करिब १७ करोड मूल्य बराबरको साधारण शेयर (आईपिओ) निष्काशन गरेको छ।कम्पनीले एक सय रुपैयाँ अंकित दरको १६ लाख ९० हजार ४७० कित्ता शेयर निष्काशन गरेको हो ।

जोशी हाइड्रोपावरले यसअघि इलामका स्थानीयका लागि निष्काशन गरेर अवितरित भएको २ लाख ४२ हजार १० कित्ता जोडेर कूल १६ करोड ९० लाख ४७ हजार रुपैयाँ बराबरको १६ लाख ९० हजार ४७० कित्ता बिक्रीमा ल्याएको हो ।

यसमध्ये ३ प्रतिशत अर्थात ५० हजार ७१४ कित्ता कर्मचारी र ८४ हजार ५२३ कित्ता सामूहिक लगानी कोषलाई छुट्टाइएको छ । बाँकी १५ लाख ५५ हजार २३३ कित्ता शेयर सर्वसाधारणमा निष्काशन गरि बाँडफाँड हुनेछ ।

यस शेयरमा छिटोमा मंसिर १९ गतेसम्म र ढिलोमा पुस १६ गतेसम्म आवेदन गर्न सकिने व्यवस्था रहेको हाइड्रोको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ । जसमा न्यूनतम ५० कित्तादेखि अधिकतम ८ लाख कित्तासम्म आवेदन गर्ने व्यवस्था छ ।

पछिल्लो समय जलविद्युत्त कम्पनीको शेयरमूल्य आईपिओको मूल्यमा नै दोस्रो बजारमा पाउने अवस्थाले यस आइपिओमा सबै आवेदकले १० कित्ता शेयर प्राप्त गर्ने संम्भावना रहेको छ । यसकारण यस कम्पनीको आइपिओमा पनि पाँच हजारको आवेदन नै प्रयाप्त हुने देखिन्छ ।

कम्पनीको आईपिओले रेटिङ्ग कम्पनी इक्रा नेपालबाट आईपिओ ग्रेडिङ्गमा वित्तीय अवस्था सबैभन्दा कमजोर जनाउने इक्रा रेटिङ्ग इक्रा एनपि आईपिओ ग्रेड ५’ पाएको छ ।

कम्पनीले यसअघि इलामका स्थानीयका लागि निष्काशन गरेको जारी पूँजीको १० प्रतिशत बराबरको ३ लाख ७१ हजार ४०० कित्तामध्ये एक लाख २९ हजार ३९० कित्ता शेयर मात्र बिक्री भएको थियो ।

कस्तो छ आयोजना ?

जोशी हाइड्रोपावरले इलामको पुवाखोलामा तीन मेगावाट क्षमताको अपर पुवा १ जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । यस आयोजनाको कूल लागत ५५ करोड ३५ लाख रुपैयाँ रहेको छ । यो लागत अनुसार यस आयोजनाको प्रति मेगावाट लागत १८ करोड ४५ लाख रुपैयाँ हुन आउँछ ।

जोशी हाइड्रोपावरले इलामको पुवाखोलामा पहिलो आयोजनाको रुपमा २०७१ माघ १ गतेबाट ३ मेगावाटको अपर पुवा १ आयोजना सञ्चालनमा सञ्चालन गरिरहेको छ। कम्पनीले उक्त आयोजनाबाट व्यवसायिक रुपमा विद्युत उत्पादन गर्दै आएको छ ।

चुक्ता पुँजी ३७ करोड १४ लाख रुपैयाँ भएको यस कम्पनीले इलामका स्थानीयका लागि जारी पूँजीको १० प्रतिशत र सर्वसाधारणको लागि ३९ प्रतिशत गरि कूल ४९ प्रतिशत शेयर बिक्री गरे पूँजी संकलन गर्नेछ । बाँकी ५१ प्रतिशत पूँजी संस्थापकबाट उठाइनेछ । आयोजना निमार्णका लागि आवश्यक पूँजी बैंक ऋणबाट उपयोग गर्नेछ ।

यस्ता छन् मुख्य लगानीकर्ता ?

अपर पुवा १ जलविद्युत आयोजनाको मुख्य लगानीकर्तामा गंगाप्रसाद जोशी, विरेन्द्रबहादुर न्यौपाने, माधव कार्की, रुकमणि राजभण्डारी, शशी कार्की, शिवरतन शारदा, रञ्जना दाहाल रहेका छन् ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।