बैंकले साधारण सभा मार्फत गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको २० प्रतिशत नगद लाभांश अनुमोदन हुनेछ ।
त्यस्तै लेखापरिक्षक नियुक्ति र पारिश्रमिक निर्धारण, र नाफाल नोक्सान सहित बैंकको वासलात छलफल पारित गर्ने लगायतका एजेण्डा सभामा रहेका छन् ।
साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि बैंकले यहि मंसिर २६ गतेदेखि बैंकको शेयर दर्ता पुस्तिका बन्द (बुकक्लोज) गर्ने भएको छ ।
यसअनुसारस बुकक्लोजको अघिल्लो कारोबार दिनसम्म कायम रहने शेयरधनीले बैंकको लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागिता जनाउन पाउनेछन् ।