नागरिक लगानी कोष, नेशनल माइक्रोफाइनान्स र श्री इन्भेष्ट फाइनान्सको शेयरमूल्य समायोजन

Dec 02, 2018 Merolagani

नेपाल स्टक एक्सचेञ्जमा आइतबार नागरिक लगानी कोष, नेशनल माइक्रोफाइनान्स र श्री इन्भेष्ट एण्ड फाइनान्सको शेयरमूल्य समायोजन भएको छ। तीनवटै कम्पनीले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेका बोनस शेयरपछि नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।

नेप्सेले नागरिक लगानी कोष (CIT) को २२.०६ प्रतिशत बोनस पश्चात प्रतिकित्ता एक हजार ७९१ रुपैयाँ ४९ पैसामा शेयरमूल्य समायोजन गरेको छ । नेप्सेमा १८० दिन कारोबार भएको शेयरमूल्यको आधारमा कम्पनीको औसत आधार मूल्य दुई हजार ५५४ रुपैयाँ ७४ पैसा कायम भएको छ ।

लाभांश पारित गर्न नागरिक लगानी कोषले बोलायो साधारण सभा, बुकक्लोज कहिले ?

त्यसैगरि नेशनल माइक्रोफाइनान्स (NMFBS) काे २५ प्रतिशत बोनसपछि प्रतिकित्ता एक हजार ४१३ रुपैयाँ ४७ पैसामा शेयरमूल्य समायोजन भएको छ । नेप्सेमा १८० दिन कारोबार भएको शेयरमूल्यको आधारमा कम्पनीको औसत आधार मूल्य एक हजार ३८६ रुपैयाँ ७४ पैसा कायम भएको छ ।

नेशनल माइक्रोफाइनान्सले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई २५ प्रतिशत बोनस र कर प्रयोजनका सहित १५ प्रतिशत नगद प्रस्ताव गरेको थियो ।

नेशनल माइक्रोफाइनान्सले लाभांश पारित गर्न डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

उता श्री इन्भेष्ट एण्ड फाइनान्स कम्पनी (SIFC) को १.२३ प्रतिशत बोनसपश्चात १४२ रुपैयाँ ६४ पैसामा शेयरमूल्य समायोजन भएको छ ।

नेप्सेमा १८० दिन कारोबार भएको शेयरमूल्यको आधारमा कम्पनीको औसत आधार मूल्य १८८ रुपैयाँ ३२ पैसा कायम भएको छ ।

श्री इन्भेष्ट एण्ड फाइनान्स कम्पनीले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई १.२३ प्रतिशत बोनस तथा कर प्रयोजनका सहित ८.७७ प्रतिशत नगद लाभांश गरि कूल १० प्रतिशत लाभांश प्रस्ताव गरेको थियो ।

२६ प्रतिशत बोनसलाई एक प्रतिशतमा झार्ने कम्पनी कुन होला ?

समायोजन भएको शेयरमूल्यमा आइतबार शेयर खरिद गर्ने तीनवटै कम्पनीका शेयरधनीले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको लाभांश प्राप्त गर्दैनन् । भने मंसिर १३ गते बिहीबारसम्म कायम शेयरधनीले मात्र लाभांश पाउनेछन् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।