एनआईसी एशियाको भिषा कार्डमा क्यास ब्याक योजना

Dec 02, 2018 Merolagani

एनआईसी एशिया बैंक (NICA) ले नेपाल भित्र भिषाको सहकार्यमा प्वाइन्स अफ सेल (पिओएस) मेसिनमा यस बैंकको भिषा डेबिट वा क्रेडिट कार्ड प्रयोग गर्दा पैसा फिर्ता योजनाको शुरुवात गरेको छ ।

यो योजना डिसेम्बर २०१८ देखि जनवरी २०१९ सम्मको लागि मात्र लागु हुने बैंकले जनाएको छ । यस योजनाबाट बैंकको ४ लाख ५० हजार भन्दा बढी भिषा डेबिट वा क्रेडिट कार्ड ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

यस अवधिमा बैंकको भिषा डेबिट वा क्रेडिट कार्डका ग्राहकले पिओएस मेसिन मार्फत कुनै किसिमको सामान वा सेवा खरिद गर्दा पहिलो पाँच वटा कारोबारमा प्रत्येक महिना निम्नानुसारको क्यास ब्याक पाईने छ ।

देशभरी २६८ शाखा कार्यालयहरु, २८० एटीएम, ३८ वटा एक्सटेन्सन काउण्टर एवं १९ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने बैंक सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो ।

बैंकको वासलातको आकार २११ अर्ब , कुल निक्षेप करिब १६९ अर्ब पुगेको छ । यस आधारमा बैंक निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथा कुल कर्जा करिब १४४ अर्ब सहित निजी क्षेत्रका बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको पहिचान बनाएको छ ।

हालसम्म यस बैंकमाग्राहकको संख्या करिब १३ लाख ५० हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको जनाएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।