बैंक सञ्चालक समितिको बैठकले लगानीकर्तालाई १०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उल्लेखित लाभांशबाट नै कर पनि समायोजन गरिने बैंकले जनाएको छ ।
बैंकले प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक तथा बैंककाे आगामी वार्षिक साधारण सभाबाट पारित गराएर लगानीकर्तालाई वितरण गर्नेछ ।
आर्थिक वर्ष २०६९/७० मा १० प्रतिशत बोनस तथा ७.८९ प्रतिशत नगद लाभांश वितरण गरेको बैंकले आर्थिक वर्ष २०७०/०७१ मा १० प्रतिशत बोनस तथा १२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । आर्थिक वर्ष २०७१/०७२ मा २५ प्रतिशत बोनस तथा १.३२ प्रतिशत नगद लाभांश वितरण गरेको बैंकले २०७२/०७३ मा ३२ प्रतिशत बोनस तथा १.६८ प्रतिशत नगद लाभांस वितरण गरेको थियो ।
अघिल्लो आर्थिक वर्षमा १२ प्रतिशत बोनस तथा ३ प्रतिशत नगद लाभांश वितरण गरेको बैंकले गत आर्थिक वर्षमा आएर बोनसलाई पूर्णविराम लगाएको हो ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विबरण अनुसार :
३० करोड १९ लाख खुद नाफा गरेको छ । यो अघिल्लो बर्षको यसै अवधिको तुलनामा ३१ प्रतिशत भन्दा धेरै हो ।
गत बर्षको पहिलो त्रैमासको बैंकको खुद नाफा २२ करोड ९७ लाख थियो । साथै बैंकले यस अवधिमा संचालन नाफा पनि बढाएको छ ।
कम्पनीको नाफा बढ्दा लाभांश क्षमतामा सुधार आएको छ । वर्षको पहिलो त्रैमासमा बैंकले २२ करोड बढी वितरणयोग्य मुनाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको यही अवधिको तुलनामा करिब ४३ प्रतिशतले बढी हो ।
निक्षेप भन्दा कर्जा धेरै
बैंकले खुद ब्याज आम्दानी बढाएपछि नाफा बढेको हो । बैंकले यस अवधिमा ६९ करोड नै खुद ब्याज आम्दानी गरेको छ । समीक्षा अवधिमा बैंकले ४७ अर्ब ६ करोड निक्षेप संकलन गरी तथा १ अर्ब ३२ करोड बढी सापटी लिई ४८ अर्ब ४१ करोड बढी कर्जा परिचालन गरेको छ ।
बैंकले निक्षेप ११ प्रतिशतले बढाउँदा कर्जा भने दोब्बर २२ प्रतिशतले बढाएको छ । बैंकको निक्षेप र कर्जा विस्तार निकै असन्तुलित देखिन्छ । बैंकले कर्जा निक्षेप अनुपात ७९.४७ प्रतिशत छ । यसको मतलब बैंक थप कर्जा प्रवाह गर्ने अवस्थामा देखिदैन् ।
खराब कर्जा बढ्यो
बैंक व्यवस्थापनले खराब कर्जा नियन्त्रण गर्न नसक्दा यो अनुपात ०.७३ प्रतिशतबाट ११२.३३ प्रतिशतले बढी १.५५ प्रतिशत पुगेको छ ।
बैंकको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ९४ पैसा छ । समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर नेटवर्थ १५०.२४ रुपैयाँ र मूल्य आम्दानी अनुपात २० गुणा कायम भएको छ ।
बैंकको आधार ब्याजदर १० रुपैयाँ ८४ पैसा तथा कोषको लागत ७ रुपैयाँ ४३ पैसा छ । आठ अर्ब बढी चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा चार अर्ब बढी रकम छ ।