आइतबार दिउँसाे देखि यस कारण लागेन नेपाल टेलिकमको मोबाइलमा फोन

Dec 02, 2018 Merolagani

नेपाल टेलिकम (NTC) को जीएसएम प्रिपेड र पोस्पेड मोबाईल फोनमा आइतबार दिउँसो देखि देखिएको समस्या अझै समाधान हुन सकेको छैन। काठमाडौं उपत्याकामा आइतबार जीएसएम प्रिपेड तथा पोस्पेड सीम प्रयोगकर्ता फोन नलाग्ने समस्याका कारण हैरान छन् ।

पैसा नसकिए पनि पैसा सकिएको जानकारी आउने, फोन डायल गरेपछि कुनै प्रतिक्रिया नआउने जस्ता समस्या उपत्याकाभरका मोबाइल प्रयोगकर्तामा देखिएको छ । 

आइतबार दिउँसाे देखि मोबार्इलमा देखिएको समस्या अहिले पनि समाधान भएको छैन। नेपाल टेलिकमको सूचना प्रविधि निर्देशनालयका अनुसार टेलिकमको रुटमा समस्या आएका कारण फोन सेवा प्रभावित भएको हो ।

मोबाइल फोनमा कल पूर्ण नहुने समस्या समाधानका लागि टेलिकमका इन्जिनियरहरु लागि परेको निर्देशनालयले जनाएको छ ।

अहिले रुट सहजताका लागि काम भएको र निश्चित क्षेत्रमा ट्राफिक चाप बढेको भन्दै टेलिकमले छिट्टै समस्या समाधान हुने मेरोलगानीलाई जानकारी दियो ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।