नेपाल ल्यूब आयलले ४० प्रतिशत लाभांश वितरण गर्ने

Dec 02, 2018 Merolagani

नेपाल ल्यूव आयल (NLO) ले आफ्ना शेयरधनीहरुलाई गतबर्षको मुनाफाबाट ४० प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले १० प्रतिशत बोनस शेयर तथा ३० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीले प्रस्तावित लाभांश पारित गर्न पुष १२ गते बिहीबार २७ औं साधारण सभा आह्वान गरेको छ ।

साधारण सभाका प्रयोजनका लागि मंसिर २८ गतेदेखि पुष १२ गतेसम्म शेयरधनी किताब बन्द गर्ने भएको छ ।

कम्पनीले अघिल्लो बर्ष २५ प्रतिशत नगद तथा दश प्रतिशत बोनस वितरण गरेको थियो । कम्पनीको शेयर अन्तिम पटक प्रतिकित्ता २१३ रुपैयाँमा कारोबार भएको थियो। जसको नेप्सेमा नियमित कारोबार हुने गरेको छैन् ।

नेपाल ल्यूब आयलले गल्फ ब्राण्डका लुब्रिकेन्टस् तथा केमिकलहरुको उत्पादन तथा बिक्री वितरण गर्नेगर्छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।