लघुवित्त संस्थाहरुलाई बाह्य पूँजी परिचालन गर्न अर्थमन्त्रीको आग्रह

Dec 02, 2018 Merolagani

अर्थमन्त्री डा. युवराज खतिवडाले लघुवित्त संस्थाहरुलाई पनि बाह्य श्रोत परिचालन गर्ने वातावरण बनाउन सरकार तयार रहेको बताएका छन् । राजधानीमा आयोजित दोस्रो अन्र्तराष्ट्रिय लघुवित्त सदस्य सम्मेलनलाई सम्बोधन गर्दै उनले लघुवित्त कम्पनीहरुलाई पूँजीको आकार बढाउन आग्रह समेत गरे ।

अर्थमन्त्री खतिवडाले भने, ‘उपयुक्त माध्यमवाट लघुवित्त संस्थाहरुले पनि बाह्य श्रोतको परिचालन गर्नुपर्छ तर विनीमयदरको जोखिम भने हुन्छ, । हेजिङको मेकानिजम तयार गरेका छौ, त्यो अनुसार आउनुहुन्छ भने सोच्न सकिन्छ ।’

अहिले पूँजी अभावमा तानातानको अवस्था रहेको स्मरण गराउदै पूँजीको आकार बढाउनु पर्ने उनको भनाई छ । मुलुक भित्रको स्रोत यता तान्यो उता तान्यो सबै अभाव नै हुन्छ , पूँजी पुग्नेगरी पूँजीको आकार बढाउनुपर्छ । त्यसको लागि बैंक तथा वित्तीय संस्थाहरुलाई उत्प्रेरीत गरेको पनि उनले जानकारी गराए ।

सरकार आफै पनि विदेशी लगानी भित्रयाउन धेरै मिहनेत गरिरहेको अर्थमन्त्री खतिवडाले बताए ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।