मुक्तिनाथको १८.२५% बोनस सुरक्षित गर्ने सोमबार अन्तिम दिन

Dec 03, 2018 Merolagani

मुक्तिनाथ विकास बैंक (MNBBL) ले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको १८.२५ प्रतिशत बोनस शेयर सुरक्षित गर्ने मंसिर १७ गते सोमबार अन्तिम दिन रहेको छ । आइतबार बैंकको शेयर प्रतिकित्ता ४०५ रूपैयाँमा नेप्सेमा कारोबार भएको छ । 

बैंकले मङ्सिर २९ गते सिटी स्क्वायर, पोखरामा कास्कीमा १२ औं बार्षिक साधारण सभा आह्वान गरेको छ । साधारण सभा र लाभांश प्रयोजनका लागि बैंकले मङ्सिर १८ देखि २५ सम्मका लागि बुक क्लोज गर्ने भएकाले मंसिर १७ सोमबारसम्म कायम शेयरधनीहरुले मात्र लाभांश र साधारण सभामा सहभागी हुन पाउनेछन् ।

बैंकको बाह्रौं वार्षिक साधारण सभाले १८.२५ प्रतिशत बोनस पश्चात कायम हुने चुक्ता पूँजीको २० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरि बैंक र अन्य उपयुक्त कुनैपनि बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने वा गाभिन संस्था पहिचान गर्ने, सहमतिपत्रमा हस्ताक्षर गर्ने, सम्पत्ति तथा दायित्व मूल्याङ्कन गर्न परामर्शदाता,मूल्याङ्कनकर्ता र लेखापरिक्षक नियुक्ति गरि पारिश्रमिक तोक्ने र मर्जर प्राप्तीका अन्य आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव गरेको छ ।

सभाले बैंकको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संसोधन गरि अधिकृत पूँजी ४ अर्ब पुर्याउने छ ।

 

मुक्तिनाथले गत आर्थिक वर्षको कमाईबाट चुक्ता पूँजी २ अर्ब ५९ करोड १७ लाख ६३ हजार ३१७ रुपैयाँको १८.२५ प्रतिशत बोनस अर्थात ४७ करोड २९ लाख ९६ हजार ८०६ रुपैयाँ वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । कर प्रयोजनको लागि ०.९६ प्रतिशत नगद लाभांश पनि रहेको छ ।

बैंकले बोनस शेयर पश्चात कायम हुने ३ अर्ब ६ करोड ४७ लाख ६० हजार १२३ रुपैयाँ चुक्ता पूँंजीबाट २० प्रतिशत हकप्रद बिक्री गर्न प्रस्ताव पारित गर्न लागेको हो । साधारण सभाबाट प्रस्ताव पारित भएपश्चात हकप्रद बिक्री प्रकृया अगाडि बढ्नेछ। यसअघि बैंकले ४० प्रतिशत हकप्रद बिक्री गरेको थियो ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।