यसअनुसार सनोमबार फण्डको इकाईको कारोबार समायोजन भएको मूल्यलाई आधार मानेर खुला हुनेछ ।
एनएमबि म्युचुअल फण्डको असोज २५ गते सम्पन्न सञ्चालक समितिको बैठकले फण्डले आफ्ना इकाईधनीका लागि आर्थिक बर्ष २०७४/७५ को नाफाबाट कर सहित २१.०५२६ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । फण्डले अघिल्लो बर्षहरूमा पनि समान लाभांश वितरण गरेको थियो ।
कार्तिकमा फण्डकाे अवस्था यस्ताे छ
कार्तिक मसान्तमा एनएमभि सुलभ इन्भेष्टमेन्ट फण्ड–१को प्रति इकाई खुद सम्पत्ति मूल्य (एनएभि) ११ रुपैयाँ २१ पैसा कायम छ । गत महिनाको तुलनामा फण्डको एनएभि ९ पैसाले ह्रास भएको हो । असोजमा फण्डको एनएभि ११ रुपैयाँ ३० पैसा कायम थियो ।
७५ करोडको आकारमा सञ्चालति फण्डको कार्तिक महिनाको खुद सम्पत्ति ८४ करोड ६ लाख ६ हजार ३८० रुपैयाँ छ । यो गत महिनाको तुलनामा ७० लाख ४८ हजार रुपैयाँले घटेको हो ।
कार्तिकमा फण्डले ४० करोड ९७ लाख ५१ हजार ८५३ रुपैयाँ सूचीकृत ५९ कम्पनीको शेयरमा लगानी गरेको छ । असाेज महिनाको तुलनामा फण्डको सूचीकृत शेयरमा एक करोड ९ लाख ५८ हजार रुपैयाँले लगानी घटेको हो । असोजमा फण्डले ४२ करोड ७ लाख १० हजार ६०० रुपैयाँ सूचीकृत शेयरमा लगानी गरेको थियो ।
यस महिनामा फण्डको ऋणपत्र तथा बोण्डमा ७ करोड ४० लाख रुपैयाँ, सार्वजनीक निष्काशन, हकप्रद तथा बोनस शेयरमा एक करोड ६२ लाख ३८ हजार ४७४ रुपैयाँ लगानी गरेको छ । साथै फण्डको स्थिर आय उपकरणमा ९ करोड रुपैयाँ लगानी छ ।
कार्तिक मसान्तसम्ममा फण्डको बैंक मौज्दातमा ३५ करोड ६२ लाख ७ हजार ८५९ रुपैयाँ सञ्चित छ भने ६ करोड एक लाख १८ हजार १४० रुपैयाँ बराबरको अन्य सम्पत्ति रहेको छ ।
कार्तिक महिनामा दुई करोड ६ लाख ६३ हजार ३७८ रुपैयाँ आम्दानी गरेको फण्डले ७८ लाख २७ हजार ८९१ रुपैयाँ खर्च गरेको छ ।