नाडेप लघुवित्त र नेपाल ल्यूब आयलको किन रोकियो शेयर कारोबार ?

Dec 03, 2018 Merolagani

नेपाल स्टक एक्सचेञ्जले नाडेप लघुवित्त र नेपाल ल्यूब आयलको शेयर कारोबारमा रोक लगाएको छ । लाभांश सम्बन्धिको सूचना समयमै नेप्सेमा नबुझाएपछि यी दुई कम्पनी नेप्सेको कारबाहीमा परेका हुन् ।

दुवै कम्पनीले लाभांश सम्बन्धिको निर्णय नेप्सेमा ढिलो गरी बुझाएकाले शेयर कारोबारमा रोक लगाइएको नेप्सेका प्रवक्ता मुराहरि पराजुलिले जानकारी दिए । नेप्सेलाई ढिलो सूचित गर्नु शंकास्पद भएको र बिस्तृत अनुसन्धानको लागि भन्दै कारोबार रोकिएको नेप्सेको भनाई छ ।

गत मंसिर १२ गते नाडेप लघुवित्तको संचालक समितिको बैठक बसेको थियो । उक्त बैठकले हाल कायम चुक्ता पूँजीको ३० प्रतिशतले हुन आउने ४ करोड ८० लाख रुपैयाँ बोनस शेयर वितरण गर्ने निर्णय गरेको थियो । तर बैंठकले लाभाशं सम्बन्धि निर्णय गरेको दुई दिन पश्चात मात्र कम्पनीले उक्त सूचना नेप्से मार्फत सार्वजनीक गरेको थियो ।

त्यसैगरी, नेपाल ल्यूब आयलको मंसिर १३ गते बसेको संचालक समितिको बैंठकले ३० प्रतिशत नगद र १० प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको थियो । उक्त निर्णय नेप्सेले मंसिर १६ गते बजार बन्द भएपछि मात्र सार्वजनिक गरेको थियो ।

 

 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।