जोशी हाइड्रोपावरको आईपिओमा १.६५ गुणा बढीको आवेदन, २५ करोड ७० लाखको माग

Dec 03, 2018 Merolagani

जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आइतबारदेखि सर्वसाधारणमा बिक्रीमा ल्याएको १५ करोड ५५ लाख २३ हजार ३०० रुपैयाँ बराबरको साधारण शेयरमा दोस्रो दिन सोमबारसम्ममा २५ करोड ७० लाख रुपैयाँ बराबरको आवेदन परेको छ ।

हाइड्रोपावरको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले दिएको जानकारी अनुसार सोमबार ५ बजेसम्ममा ३५ हजार बढी आवेदनबाट २५ लाख ७० हजार ७०० कित्ता बढीकाे शेयर माग भएको हो ।

यो सर्वसाधारणमा निष्काशन भएको आर्इपिओको १.६५ गुणा बढी हो । तथ्याङ्क संकलन हुने क्रम जारी रहेकोले आवेदक संख्या अझै बढ्न सक्ने क्यापिटलले जनाएको छ । 

जोशी हाइड्रोपावरले कूल १६ करोड ९० लाख ४७ हजार रुपैयाँ बराबरको १६ लाख ९० हजार ४७० कित्ता निष्काशन गरेकोमा ५० हजार ७१४ कित्ता कर्मचारी र ८४ हजार ५२३ कित्ता सामूहिक लगानी कोषलाई छुट्टाएर बाँकी रहेको १५ लाख ५५ हजार २३३ कित्ता शेयरको लागि सर्वसाधारणमा ल्याएको हो ।

हाईड्रोपावरको शेयरमा न्यूनतम ५० कित्तादेखि अधिकतम ८ लाख कित्तासम्म आवेदन गर्ने व्यवस्था छ । इच्छुक आवेदकले धितोपत्र बोर्डबाट सि आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाबाट ७७ जिल्लाबाटै आवेदन गर्न सकिन्छ । यसका अतिरिक्त मेरो शेयर प्रयोगकर्ताले इन्टरनेटको प्रयोगबाट यस मार्फत समेत आवेदन दिन सक्नेछन् । 

दोस्रो दिन सम्ममा नै सर्वसाधारणका लागि निष्काशन भएको १.६५ गुणा बढी आवेदन परेकोले यस आईपिओ पनि गोलाप्रथाबाट १० कित्ताका दरले बाँडफाँड हुने पक्का भएको छ । यसअनुसार आईपिओमा पाँच हजारको आवेदन नै प्रयाप्त हुने देखिन्छ ।

कम्पनीको आईपिओले रेटिङ्ग कम्पनी इक्रा नेपालबाट आईपिओ ग्रेडिङ्गमा वित्तीय अवस्था कमजोर जनाउने इक्रा रेटिङ्ग 'इक्रा एनपि आईपिओ ग्रेड ५’ पाएको छ ।

हाइड्रोपावरको आईपिओ मंसिर १९ गते निष्काशन बन्द हुनेछ ।

कस्तो छ आयोजना ?

जोशी हाइड्रोपावरले इलामको पुवाखोलामा तीन मेगावाट क्षमताको अपर पुवा १ जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । यस आयोजनाको कूल लागत ५५ करोड ३५ लाख रुपैयाँ रहेको छ । यो लागत अनुसार यस आयोजनाको प्रति मेगावाट लागत १८ करोड ४५ लाख रुपैयाँ हुन आउँछ ।

जोशी हाइड्रोपावरले इलामको पुवाखोलामा पहिलो आयोजनाको रुपमा २०७१ माघ १ गतेबाट ३ मेगावाटको अपर पुवा १ आयोजना सञ्चालनमा सञ्चालन गरिरहेको छ। कम्पनीले उक्त आयोजनाबाट व्यवसायिक रुपमा विद्युत उत्पादन गर्दै आएको छ ।

चुक्ता पुँजी ३७ करोड १४ लाख रुपैयाँ भएको यस कम्पनीले इलामका स्थानीयका लागि जारी पूँजीको १० प्रतिशत र सर्वसाधारणको लागि ३९ प्रतिशत गरि कूल ४९ प्रतिशत शेयर बिक्री गरे पूँजी संकलन गर्नेछ । बाँकी ५१ प्रतिशत पूँजी संस्थापकबाट उठाइनेछ । आयोजना निमार्णका लागि आवश्यक पूँजी बैंक ऋणबाट उपयोग गर्नेछ ।

कम्पनीले आर्थिक वर्षमा २०७६/७७ मा एक करोड ८९ लाख तथा आव २०७७/७८ मा दुई करोड २४ लाख रुपैयाँ खुद नाफा कमाउने प्रक्षेपण गरेको छ ।

यस्तै, कम्पनीले आव २०७६/७७ मा प्रतिशेयर आम्दानी ५ रुपैयाँ १२ पैसा र आव २०७७/७८ मा ६ रुपैयाँ ४ पैसा पुग्ने प्रक्षेपण छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।