लक्ष्मी लघुवित्तको लाभांश पाउन तथा अरुण भ्यालीको साधारण सभामा सहभागि हुन आजसम्म शेयरधनी बन्नुपर्ने

Dec 04, 2018 Merolagani

लक्ष्मी लघुवित्तको गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको नगद लाभांश प्राप्त गर्न तथा लघुवित्त र अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनीको अगामी साधारण सभामा मंसिर १८ गते मंगलबारसम्म कायम रहने शेयरधनीले मात्र सहभागिता जनाउन पाउनेछन् ।

दुबै कम्पनीले वार्षिक साधारण सभा प्रयोजनको लागि मंसिर १९ गते बुधबार शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएकाले मंगलबारसम्म कायम रहने शेयरधनीले मात्र साधारण सभामा सहभागिता जनाउन पाउने भएका हुन् । 

लक्ष्मी लघुवित्त (LLBS) ले गत वर्षको मुनाफाबाट प्रस्ताव गरेको २६.३२ प्रतिशत नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम रहेको छ । लघुवित्तले चुक्ता पूँजीको २६.३२ प्रतिशतले हुन आउने ६ करोड ३६ लाख ८४ हजार २११ रुपैयाँ नगद लाभांश वितरण गर्दैछ ।

लाभांश पारित गर्न लघुवित्तले पुस १ गते आईतबार अग्रवाल भवन कमलपोखरीमा बिहानको ११ बजे सातौं वार्षिक साधारण सभा आह्वान गरेको छ । सोमबार लघुवित्तको प्रतिकित्ता शेयरमूल्य ६९२ रुपैयाँमा कारोबार भएको छ ।

त्यसैगरी अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनी (AHPC) ले मंसिर २८ गते शुक्रबार बिहानको ११ बजे इन्द्रेणी फूडल्याण्ड नयाँ बानेश्वरमा २१ औं वार्षिक साधारण सभा आह्वान डाकेको छ ।

हाइड्रोको सधारण सभामा एफपिओलाई स्थगित गरेर चुक्ता पूँजीको एक बराबर एक अनुपातमा (शतप्रतिशत) हकप्रद जारी गर्ने प्रस्ताव गरिएको छ । हाइड्रोपावरको हाल चुक्ता पूँजी ९३ करोड ३० लाख रुपैयाँ रहेको छ । उक्त हकप्रदको प्रस्ताव कम्पनीको एक्काईसौ साधारण सभाले पारित गरेपछि हकप्रद निष्काशनको प्रकृया अगाडि बढ्नेछ ।

त्यस्तै हाइड्रोपावर अधिकृत तथा जारी पूँजी कम्पनीको हाल एक अर्ब पचास करोड रुपैयाँ रहेकोमा त्यसलाई वृद्धि गरि दुई अर्ब ५० करोड रुपैयाँ पुर्याउने लगायतका प्रस्ताव साधारण सभामा रहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।