नबिल बैंकले ३४ प्रतिशत लाभांश बाँड्ने, बोनस कति ?

Dec 04, 2018 Merolagani

नबिल बैंक (NABIL) ले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ । मंसिर १७ गते साेमबार बसेको बैंक सञ्चालक समितिको ५०२ औं बैंठकले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट १२ प्रतिशत बोनस तथा २२ प्रतिशत नगद लाभांश गरि कूल ३४ प्रतिशत वितरण गर्ने प्रस्ताव गरेको हाे ।

नबिल बैंकले अघिल्लाे वर्ष ३० प्रतिशत बाेनस शेयर र १८ प्रतिशत नगद गरि कूल ४८ प्रतिशत लाभांश वितरण गरेकाे थियाे । बैंककाे लाभांश  अघिल्लाे वर्षभन्दा १४ प्रतिशतले कम हाे ।

बैंकले १०० कित्ता बराबर १२ कित्ता अर्थात १२ प्रतिशत बोनश र २२ प्रतिशत अर्थात एक कित्ता बराबर २२ रुपैयाँका दरले कर सहित नगद लाभांश गरी चुक्त्ता पूँजीकाे कूल ३४ प्रतिशतले हुन अाउने दुर्इ अर्ब ७३ कराेड ४६ लाख ९५ हजार बराबरकाे लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत तथा बैंकको आगामी साधारण सभाले अनुमोदन गरेपछि मात्र शेयरधनीले पाउनेछ । नबिलले गत वर्षमा ४ अर्ब ५ करोड रुपैयाँ खुद नाफा गरेको थियो । 
गत आर्थिक वर्षको प्रस्तावित ९६ करोड ५१ लाख ८६ हजार रुपैयाँ बोनस पश्चात नबिल बैंकको चुक्ता पूँजी ९ अर्ब ८४ लाख रुपैयाँ पुग्नेछ ।

 

 

आठ अर्ब ४ करोड ३२ लाख २१ हजार रुपैयाँ चुक्ता पूँजी रहेको बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा एक अर्ब पाँच करोड रुपैयाँ खुद नाफा गरेको छ । बैंकको प्रतिशेयर आम्दानी ५१ रुपैयाँ ३६ पैसा, प्रतिशेयर नेटवर्थ २७१ रुपैयाँ ५२ पैसा र मुल्य आम्दानी अनुपात १६.३० प्रतिशत छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।