सानिमा बैंकको ऋणपत्रमा देखिएन चासो, सोमबार सम्म कति पर्यो आबेदन ?

Dec 04, 2018 Merolagani

सानिमा बैंकले निष्काशन गरेको ऋणपत्रमा मंसिर १७ गते सोमबार सम्म एक लाख ११ हजार ९६२ कित्ताको लागि आबेदन परेको छ । निर्धारित समय भित्र बैंकको सबै ३८ करोड रुपैयाँको ३ लाख ८० हजार कित्ता ऋणपत्र बिक्री नभएपछि समय थपेर फेरी बिक्रीमा ल्याएको हो ।

बैंकको ऋणपत्र बिक्री प्रबन्धक काठमाडौं क्यापिटल मार्केटका मर्चेन्ट बैंकिङ्ग प्रमुख सुभाष बस्नेतका अनुसार सोमबार सम्ममा २ हजार ३०६ जना आवेदकबाट एक लाख ११ हजार ९६२ कित्ताका लागि ११ करोड १९ लाख ६२ हजार रुपैयाँको आवेदन परेको छ ।

सर्वसाधारण लगानीकर्ताका लागि छुट्टाइएको ऋणपत्रमध्ये अझै २६ करोड ८० लाख ३८ हजार रुपैयाँ बराबरको २ लाख ६८ हजार ३८ कित्ता बिक्री हुन बाँकी छ ।

बैंकले कात्तिक ३० गतेदेखि प्रतिकित्ता एक हजार रुपैयाँ अंकित दरको ३८ करोड रुपैयाँ रुपैयाँ बराबरको ऋणपत्रमा न्यूनतम २५ कित्ता अर्थात २५ हजार रुपैयाँदेखि अधिकतम ३ लाख ८० हजार कित्ता अर्थात ३८ करोड रुपैयाँसम्म आवेदन दिन पाउने व्यवस्था छ । दश वर्ष अवधिको ‘१० प्रतिशत सानिमा डिबेन्चर–२०८५’ मा यो वार्षिक १० प्रतिशत ब्याजदर अर्धवार्षिक रुपमा भुक्तानी गरिने जनाइएको छ ।

सानिमा बैंकले कूल २ अर्ब रुपैयाँको एक हजार रुपैयाँ अंकित दरका २० लाख कित्ता ऋणपत्र बिक्रीमा ल्याएको हो । जसमध्ये ३ लाख ८० हजार कित्तामा सर्वसाधारणलाई, २० हजार कित्ता सामूहिक लगानी कोषलाई र १६ लाख कित्ता व्यक्तिगत तरवबाट बिक्री गरिनेछ ।

इक्रा नेपालले सानिमाको यो ऋणपत्रलाई न्यून कर्जा जोखिम जनाउने ‘इक्राएनपी एल ए माइनस’ रेटिङ्ग प्रदान गरेको छ ।
अझै सबै ऋणपत्र बिक्री भैनसकेको हुनाले अब ढिलोमा पुस १ गतेसम्म आवेदन दिन सकिनेछ । ऋणपत्र पुस १ गतेभन्दा अगाडि नै बिक्री भएमा भने सार्वजनिक सूचना जारी गरेर बिक्री बन्द गरिने काठमाडौं क्यापिटलले जनाएको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।