मुक्तिनाथ विकास बैंकको बोनसपछि शेयरमूल्य समायोजन

Dec 04, 2018 Merolagani

मुक्तिनाथ विकास बैंक (MNBBL) को मंगलबार शेयरमूल्य समायोजन भएको छ। बैंकले गत आवको नाफाबाट प्रस्ताव गरेको १८.२५ प्रतिशत बोनस वितरण गर्न मंगलबार बुकक्लोज गरेकाले मूल्य समायोजन भएको हो ।

नेप्सेले मुक्तिनाथको बोनसपछि प्रतिकित्ता शेयरमूल्य ३४५ रुपैयाँ ३ पैसा निर्धारण गरेको छ । बैंकको नेप्सेमा १८० कारोबार भएको शेयरमूल्यका आधारमा औसत आधार मूल्य भने ४९८ रुपैयाँ ५२ पैसा कायम भएको छ । 

मुक्तिनाथले लाभांश पारित गर्न मंसिर २९ गते सिटी स्क्वायर, पोखरामा कास्कीमा १२ औं बार्षिक साधारण सभा आह्वान गरेको छ ।  सभाले १८.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.९६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।मंसिर १७ सम्म कायम शेयरधनीहरुले मात्र लाभांश र साधारणसभामा सहभागी हुन पाउनेछन् ।

सभामा बोनसपछि कायम हुने ३ अर्ब ६ करोड ४७ लाख ६० हजार १२३ रुपैयाँ चुक्ता पूँजीको २० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पनि पेश हुँदैछ । हकप्रद पश्चात बैंककाे ३ अर्ब ६७ करोड ७७ लाख रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।

त्यसैगरि बैंक र अन्य उपयुक्त कुनैपनि बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने वा गाभिन संस्था पहिचान गर्ने, सहमतिपत्रमा हस्ताक्षर गर्ने, सम्पत्ति तथा दायित्व मूल्याङ्कन गर्न परामर्शदाता,मूल्याङ्कनकर्ता र लेखापरिक्षक नियुक्ति गरि पारिश्रमिक तोक्ने र मर्जर प्राप्तीका अन्य आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव गरेको छ ।

मुक्तिनाथले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २० करोड ३ लाख ७८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको प्रतिशेयर आम्दानी ३० रुपैयाँ ९३ पैसा छ ।

पूँजी वृद्धिमा मुक्तिनाथ विकास बैंकको जोड, बोनसपछि फेरि हकप्रद ल्याउने

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।