मुक्तिनाथको शेयरमूल्य समायोजन मार्केट डेप्थमा पाइएन्, लगानीकर्ता अलमलमा

Dec 04, 2018 Merolagani

मुक्तिनाथ विकास बैंकले मंगलबार १८.२५ प्रतिशत बोनसपछिको मूल्य समायोजन गर्यो । तर नेप्सेको मार्केट डेप्थमा भने मूल्य समायोजन भएको पाइएन् । जसले गर्दा शेयर बजारका लगानीकर्ता अलमलमा परेका छन् ।

बैंकले गत आवको नाफाबाट प्रस्ताव गरेको १८.२५ प्रतिशत बोनस वितरण गर्न मंगलबार बुकक्लोज गरेकाले मूल्य समायोजन भएको हो ।

नेप्सेले मुक्तिनाथको बोनसपछिको शेयरमूल्य ३४५ रुपैयाँ ३ पैसा निर्धारण गरेको छ । सोमबार मुक्तिनाथको अन्तिम शेयर मूल्य ४०८ रुपैयाँ थियो ।

तर मार्केट डेप्थमा भने सुरुवाती मूल्य ४०८ रुपैयाँ, उच्च मूल्य ४०८ रुपैयाँ एंवम तल्लो मूल्य ३९४ रुपैयाँ देखिएको छ । मार्केट डेप्थले मुक्तिनाथको शेयरमूल्य १४.२० प्रतिशतले बढेको समेत देखाएको छ । मार्केट डेप्थमा देखिएको त्रुटिले लगानीकर्ता अलमलमा परेको पाइएको छ । 

बैंककाे शेयर काराेबार भने समायाेजन भएकाे ३४५ रुपैयाँ मूल्यभन्दा  १४.२० प्रतिशत बढी मूल्य अर्थात ३९४ रूपैयाँमा काराेबार भएकाे छ । हेर्नुहाेस् फ्लाेरसिट :-

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।