मध्य भोटेकोशीको दोस्रो चरणको आईपिओ आजदेखि, कसले गर्न पाउँछ आवेदन ?

Dec 05, 2018 Merolagani

मध्यभोटेकोशी जलविद्युत आयोजना (MBJCL) ले मंसिर १९ गते बुधबार (आज) देखि दोस्रो चरणकाे साधारण शेयर (आईपिओ) निष्काशन गरेको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरको २७ करोडको २७ लाख कित्ता बिक्रीमा ल्याएकाे हाे ।

कम्पनीले निष्काशन गरेको यस शेयरमा  संगठित संस्थापक शेयरधनीहरु (चिलिमे जलविद्युत कम्पनी लिमिटेड, नेपाल विद्युत प्राधिकरण, सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनी लिमिटेड, सिन्धु इन्भेष्टमेन्ट कम्पनी प्राइभेट लिमिटेड,, नेपाल अरनिको हाइड्रोपावर कम्पनी प्राइभेट लिमिटेड, तथा सिन्धु भोटेकोशी हाइड्रोपावर कम्पनी लिमिटेड) र कर्मचारी सञ्चयकोषका (ऋणदाता संस्था) कर्मचारीहरुले मात्र आवेदन गर्न पाउनेछन् ।

कम्पनीले निष्काशन गरेको दोस्रो चरणको यस आईपिओमा संस्थापक संगठित संस्थाका लागि ३.५ प्रतिशत अर्थात २१ लाख कित्ता र ऋणदाता संस्था कर्मचारी संचयकोषका कर्मचारीहरुका लागि ६ लाख कित्ता शेयर छुट्टाइएको छ ।

जसमा संस्थापक संगठित संस्थाले न्यूनतम ५० कित्तादेखि ५०० कित्तासम्म आवेदन गर्न पाउनेछन् भने ऋणदाता संस्था कर्मचारी सञ्चयकोषका कर्मचारीले ५० देखि अधिकतम १२०० कित्तासम्म आवेदन दिन सकिने व्यवस्था रहेको छ । सबै आवेदकहरुले सी आस्वा प्रणालीबाट मात्र आवेदन गर्न पाउनेछन् । आवेदनका लागि कर्मचारी परिचयपत्र लगायतका कागजात अनिवार्य गरिएको छ ।

मध्य भोटेकोशीले यसअघि पहिलो चरणमा कात्तिक २८ देखि मंसिर १४ गतेसम्म कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता (बचतकर्ता) का लागि एक अर्ब १७ करोड रुपैयाँ बराबरको एक करोड १७ लाख कित्ता शेयर निष्काशन गरिसकेको छ । यो आईपिओ निष्काशन पश्चात दुबै शेयर एकैपटक पुसमा बाँडफाँड हुने बिक्री प्रबन्धकहरुले जनाएका छन् ।

कम्पनीको शेयर निष्काशन तथा विक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल रहेको छ । एनआईबिएल एस क्यापिटल, प्रभु क्यापिटल, लक्ष्मी क्यापिटल मार्केट, सिभिल क्यापिटल मार्केट, सानिमा क्यापिटल र सीआईबिएल क्यापिटल लिमिटेड सहबिक्री प्रबन्धक रहेका छन् ।

कम्पनीले पहिलो चरणमा १०० अङ्कित दरका एक करोड ४४ लाख कित्ता साधारण शेयर बिक्रीका लागि नेपाल धितोपत्र बोर्डबाट गत असोज २९ गते कम्पनीले स्वीकृति पाएको थियो ।

सिन्धुपाल्चोकबासीका लागि ६० करोडको आईपिओ

सञ्चयकोषका बचतकर्ता र कर्मचारी तथा संस्थापक संगठित संस्था र ऋणदाता संस्थाका कर्मचारीलाई शेयर निष्काशन गरिसकेपश्चात तेस्रो चरणमा आयोजनाले आयोजनाबाट प्रभावित सिन्धुपाल्चोक बासीका लागि ६० करोड बराबरको ६० लाख कित्ता आईपिओ निष्काशन गर्नेछ ।

९० करोडको आईपिओ सर्वसाधारणलाई

त्यसपछि चाैंथाे चरणमा कम्पनीले सर्वसाधारण तथा सामूहिक लगानी कोषका इकाई र मध्य भोटेकोशीका कर्मचारीहरूका लागि ९० करोड बराबरको ९० लाख कित्ता शेयरहरु जारी गर्ने जनाएको छ ।

मध्य भोटेकोशी जलविद्युत कम्पनीले कुल दुई अर्ब ९४ करोडको आईपिओ जारी गर्नेछ । कम्पनीले संस्थापक शेयरधनीले लिएको बाहेकका अन्य समुहलाई छुट्टाइएको दुई अर्ब चौरानब्बे करोड बराबरको प्रतिकित्ता एक सय रुपैयाँ दरले हुने दुई करोड चौरानव्बे लाख कित्ता साधारण शेयर जारी गर्नेछ ।

कम्पनीले सिन्धुपाल्चोक जिल्लामा १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत आयोजनाको निर्माण गरिरहेको छ । कम्पनीको अधिकृत पूँजी छ अर्ब २१ करोड रुपैंया छ भने जारी पूँजी छ अर्ब रुपैयाँ छ ।

सम्बन्धित समाचारहरू :-

मध्य भोटेकोशीले पनि पायो आईपिओ अनुमति, पहिलो चरणमा एक अर्ब ४४ करोडको आउने

ऋणदाता संस्थाका कर्मचारीलाई प्राथमिक सेयर छुट्याउनु कति ठिक ?

मध्य भोटेकोशीको शेयरमा सीआस्वा अनिवार्य, क- कसले गर्न पाउँछन् आवेदन ?

मध्य भोटेकोशीको आर्इपिओमा तीन गुणा बढीको आवेदन

मध्य भोटेकोशीको दोस्रो चरणको आईपिओ बुधबार देखि, बाँडफाँड एकैपटक पुसमा 

comments powered by Disqus

शेयर बजारको अस्वाभाविक राजनीति

Dec 15, 2018

- आनन्द कुमार भट्टराई।
मुलुकको शेयर बजार अहिले एकदमै तातेको अवस्थामा छ। चारैतिर यसकै चर्चा छ। एकथरि लगानीकर्ता विभिन्न माग राखि रिले अनसनमा छन् भने त्यसलाई सत्ता ईत्तर फक्षका विभिन्न घटकबाट सांकेतिक समर्थन पनि बढ्दो छ। वास्तवमा मुलुकको लागि यस्तो अवस्थामा किमार्थ पनि राम्रो मान्न सकिँदैन।