एनआईसी एशियाको १०% बोनसपश्चात कतिमा भयो शेयरमूल्य समायोजन ?

Dec 05, 2018 Merolagani

नेपाल स्टक एक्सचेञ्जमा बुधबार एनआईसी एशिया बैंक (NICA) को शेयरमूल्य समायोजन भएको छ । नेप्सेले बैंकले गत आर्थिक वर्षको नाफाबाट वितरण गर्न प्रस्ताव गरेको १० प्रतिशतको बुकक्लोज सँगै बुधबार शेयरमूल्य समायोजन गरेको हो ।

स्टक एकसचेञ्जले एनआईसी एशिया बैंकको बोनस पश्चात प्रतिकित्ता ३७१ रुपैयाँ ८२ पैसामा शेयरमूल्य समायोजन गरेको हो ।

यसअनुसार बैंकको शेयर कारोबार समायोजन मूल्यलाई आधार मानेर बुधबार सुचारु हुनेछ ।

एनआईसी एशिया बैंकको नेप्सेमा १८० कारोबार भएको शेयरमूल्यको आधारमा औसत आधारमूल्य ४१८ रुपैयाँ ४१ पैसा कायम भएको नेप्सेले जनाएको छ ।

बैंकले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको १० प्रतिशत बोनस शेयर वितरणका तथा साधारणसभा प्रयोजनको लागि लागि मंसिर १९ गते बुधबार (अाज) शेयरधनी दर्ता पुस्तिका बन्द (बुकक्लोज) गरेकाे हाे। यसअनुसार आजसम्म कायम हुने बैंकका शेयरधनीले मात्र बोनस पाउनेछन् ।

बैंकले प्रस्ताव गरेको लाभांश पारित गर्न पुस ४ गते हेरिटज गार्डेन सानेपामा २१ औं वार्षिक साधारणसभा बोलाएको छ। साधारणसभाले बैंकले प्रस्ताव गरेको १० प्रतिशत बोनस शेयर पारित गर्नेछ ।

एनआईसी एशियाको बैंक सञ्चालक समितिको कार्तिक ३० गते बसेको ३७७ औं सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७४/७५ को लागि प्रति शेयर १० (१० प्रतिशत) शेयर लाभांश तथा उक्त शेयर लाभांशमा लाग्ने कर प्रयोजनको लागि प्रति शेयर ०.५२६ प्रतिशत नगद लाभांश वितरण निर्णय गरेको छ ।

बैंकले चुक्ता पूँजी ८ अर्ब ३ करोड रुपैयाँको १० प्रतिशत अर्थात ८० करोड ३१ लाख रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । बोनस पश्चात बैंकको चुक्ता पूँजी ८ अर्ब ८३ करोड रुपैयाँ पुग्ने भएको छ।

साधारणसभाले गत आर्थिक वर्ष २०७४/७५ को वित्तीय विवरण पारित गर्नेछ। चालु आर्थिक वर्षको लागि पनि पुरानै लेखापरिक्षक टिआर उपाध्याय एण्ड कम्पनीलाई नै निरन्तरता दिइने भएको छ।

त्यसैगरी बैंकले आफु र आफ्ना सहायक कम्पनीहरु एनआईसी एशिया क्यापिटल र एनआईसी एशिया लघुवित्त समेतको एकीकृत वित्तीय विवरण समेत पारित गर्ने एजेन्डा तय गरेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।