भद्र सहमति तोडेसँगै बैंकहरुबीच सुरु भयो ब्याजदर बढाउने प्रतिस्पर्धा

Dec 05, 2018 Merolagani

नेपाल बैंकर्स संघले व्यक्तिगत निक्षेपमा लाग्दै आएको ब्याजदरको सीमा हटाएर बैंकलाई नै स्वतन्त्ररूपमा निर्णय गर्न पाउने व्यवस्था गरे लगत्तै बैंकहरुबीच ब्याजदर बढाउने प्रतिस्पर्धा सुरु भएको छ । बैंकहरु बीचको भद्र सहमति तोडिएकै भोलिपल्ट मुद्दती निक्षेपको ब्याजदर १२.५० प्रतिशत पुगेको छ ।

बैंकर्स संघको मंगलबारको बैठकले व्यक्तिगत निक्षेपका हकमा ब्याजदर वाणिज्य बैंकले आफैले निर्धारण गर्न पाउने निर्णय गरेको थियो ।

बैंकहरुमा लगानी योग्य रकमको अभाव हुन थालेपछि संघले यसअघिको भद्र सहमति भङ गरेको थियो । 

 

यसअघि व्यक्तिगत मुद्दती निक्षेपमा १० प्रतिशतसम्म मात्रै ब्याज दिन पाइने सहमति गरिएको थियो । बचत खातामा सात प्रतिशतसम्म तथा संस्थागत निक्षेपमा भने ११ प्रतिशतसम्म ब्याज दिन पाइने भद्र सहमति गरिएको थियो ।

बैंकहरु बीचको भद्र सहमति तोडिएकै भोलिपल्ट जनता बैंकले व्यक्तिगत बचतमा १२ प्रतिशत ब्याजदरको अफर ल्याएको छ भने माछापुच्छ्रे बैंकले १२.५ प्रतिशत ब्याज दिने व्यक्तिगत मुद्दति खाता योजना सार्वजनिक गरेको छ । बैंकहरुले प्रकाशित गरेको ब्याजदरमा थप आधा प्रतिशत बिन्दु बढिसम्म ब्याज दिन सक्छन् ।

माछापुच्छ्रे बैंकले व्यक्तिगत मुद्दती खाताा १२.५ प्रतिशतसम्म ब्याज दिने घोषण गरेको छ । बैंकले मासिक ब्याज भुक्तानी र ५ वर्षसम्मका लागि नयाँ ब्याजदर योजना ल्याएको हो । यस्तै जनता बैंकले पनि १२ प्रतिशत ब्याज दिने गरी जनता मुद्दती खाता योजना ल्याएको छ । जसमा न्यूनतम १ लाख रुपैयाँ मौज्दात हुनुपर्नेछ ।  ।

बैंकहरु चालु आर्थिक बर्षको दोस्रो त्रैमासलाई ध्यानमा राखेर निक्षेप बाहिरिन नदिन पनि ब्याज बढाउन बाध्य भएका हुन् । ब्याजदर बढाउने प्रतिस्पर्धाले बैंकहरुको लागत बढेर ऋणको ब्याज अझ बढ्ने आँकलन गरिएको छ । बैंकहरुको यो निर्णयले बैंकहरुलाई कर्जा निक्षेप अनुपात सन्तुलनमा राख्न राहत मिल्ने भएपनि कर्जाको चर्को ब्याज तिरिरहेका व्यवसायी भने थप मारमा पर्ने अवस्था आएको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।