कम्पनीले दार्चुला जिल्लामा निर्माण गरेको यो दोस्रो आयोजना हो ।
अपि पावर कम्पनीले निर्माण गरेको यो ८ मे.वा क्षमताको आयोजनामा नेपाल एस.वि.आई बैंक लि र प्रभु बैक लिमिटेडको सयुक्त लगानी रहेको छ । कम्पनीले यो आयोजना निर्माण पश्चात ४० मे.वा क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनाको निर्माण कार्य शुरु गर्ने समेत जनाएको छ ।
आयोजनाबाट उत्पादित विद्युत चमेलिया जलविद्युत आयोजनाको बलाँच सवस्टेशनको १३२ के.भि मा जडान हुनेछ । सवस्टेशनको निर्माण कार्य पूर्ण रुपमा सम्पन्न भईसकेको छ ।
कम्पनीले १४ मे.वा क्षमताका सोलार आयोजनाको निर्माण कार्य समेत शुरु गरेको जनाएको छ ।
कम्पनीको यि दुई आयोजनाहरु मिलाई कूल १६.५ मे.वा उत्पादन गर्नेछ । साथै सोलार आयोजना र माथिल्लो चमेलिया गरि ७०.५ मे.वा क्षमताको कम्पनी हुन् ।