अनलाइन कारोबार प्रणाली प्रभावकारी नभएको भन्दै गत साता नेप्से घेराउ गर्न पुगेका लगानीकर्ता माझ नेप्से प्रमुखले सो प्रतिबद्धता जनाएका थिए ।
नेपाल स्टक एक्सचेञ्जका प्रवक्ता मुराहरि पराजुलीले यसै हप्ता भित्रमा सम्झौता पत्र तयार हुने जानकारी गराएका छन् ।
यस अघि स्टक ब्रोकर एशोसिएसनले लगानीकर्ता र ब्रोकरबीच हुने सम्झौता पत्रको नमूना सार्वजनिक गरेको थियो । त्यसका कतिपय बुँदामा लगानीकर्ताले असहमति जनाउँदै आएका थिए ।
अनलार्इन शेयर कारोबार गर्न ब्रोकर र लगानीकर्ताबीच यस्तो हुनुपर्छ सम्झौता
नेप्सेका अनुसार ब्रोकरले तयार गरेको नभई नेप्सेले तयार गरेको सम्झौता पत्र बमोजिम गर्नुपर्नेछ । सम्झौता पत्रमा लगानीकर्ता र ब्रोकरलाई सन्तुलन गनुपर्ने, जोखिम व्यवस्थापन र लगानीकर्ताको सम्पत्ति सुरक्षामा जोड दिइएकाले सम्झौता पत्र निमार्णमा केहि ढिलाई भएको प्रवक्ता पराजुलीले बताए ।
नेप्सेले बनाउने सम्झौता पत्र धितोपत्र बजारका विभिन्न नीति नियम तथा बिनियमावलीहरुमा आधारीत रहेर तयार गरिने भएका कारण एक पक्षिय नहुने उनको भनाई छ ।
अनलाइन शेयर खरिद बिक्री गर्दा हुन सक्ने जोखिम व्यवस्थापन र शेयर खरिद बिक्रीको प्रक्रियालाई अझ व्यवस्थित बनाउन धितोपत्र कारोबार सञ्चालन विनियमावली २०७५ को उपनियम १० सँग सम्वन्धित विनियमावलीको आधारमा ब्रोकर र लगानीकर्ताबीच सम्झौता हुनुपर्नेछ ।
अघिल्लो साता नेप्से, भेण्डर कम्पनी वाइको र लगानीकर्ताबीच भएको वार्तापछि पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली मंसिर २३ गतेदेखि लगानीकर्ताको हात हातमा पुर्याउने समझदारी भएको थियोे ।
नेप्सले तयार गरेको सम्झौता पत्र अनुसार लगानीकर्ताले आफ्नो ब्रोकरसँग सम्झौता गरेपछि मात्रै पूर्ण स्वचालित अनलाइन प्रणाली मार्फत आफै शेयर कारोबार गर्न पाउनेछन् ।