विद्यालयदेखि नै धितोपत्र सम्बन्धी पाठयक्रम समावेश गर्न बोर्डले पहल गर्ने

Dec 05, 2018 Merolagani

नेपाल धितोपत्र बोर्डले विद्यालय तथा विश्वविद्यालय स्तरमा शेयरबजार सम्बन्धी पाठ्क्रम समाबेश गर्न पहल गर्ने भएको छ । विद्यालय तथा विश्वविद्यालयका पाठ्यक्रममा धितोपत्र सम्बन्धी बिषय समाबेश भए लगानीकर्ताको हित संरक्षण तथा सशक्तिकरणमा सहयोग पुग्ने बोर्डको दाबी छ ।

बोर्डले माध्यमिक विद्यालय र विश्वविद्यालयका विभिन्न विषयगत पाठयक्रमहरुको तयारी तथा थप सुधार कार्य गर्न, धितोपत्र सम्बन्धी विषयवस्तु समावेश गर्न आवश्यक समन्वय तथा सहकार्यका लागि पाठयक्रम विकास केन्द्र, त्रिभुवन विश्वविद्यालय लगायत अन्य विश्वविद्यालयहरुलाई पनि अनुरोध गरिसकेको बोर्डका प्रवक्ता निरज गिरीले जानकारी दिए । । 

बोर्डले चालु आर्थिक वर्ष देखि पाक्षिक लगानीकर्ता प्रशिक्षण तथा रेडियो कार्यक्रमको संचालन शुरुवात गर्नुका साथै बोर्डबाट यससँग सम्बन्धित सामाग्री प्रकाशन तथा वितरणलाई निरन्तरता दिइएको हो ।

बोर्डले धितोपत्र बजार सम्बन्धी अध्ययन अनुसन्धान तथा प्रशिक्षण कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि धितोपत्र बजार प्रशिक्षण प्रतिष्ठानको स्थापना गर्ने लक्ष्य रहेको बोर्डको भनाई छ ।

सीमित स्रोत साधनबाट समेत बचत गरी उत्पादनशील क्षेत्रमा लगानी परिचालन हुने वातावरण तयार भई देशको अर्थतन्त्रको विकास, विस्तार तथा वृद्धि हुनुका साथै वित्तीय साक्षरताको स्तर अभिवृद्धि भई धितोपत्र बजारको दिगो विकासमा सहयोग पुग्ने बोर्डको अपेक्षा छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।