जोशी हाइड्रोको आईपिओमा ३.८० गुणा बढी आवेदन, यस्तो छ शेयर पर्ने सम्भावना

Dec 05, 2018 Merolagani

जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी (JHDCL)ले सर्वसाधारणमा निष्काशन गरेको साधारण शेयरमा ३.८० गुणा बढीको आवेदन परेको छ। हाईड्रोपावरको शेयरमा न्यूनतम ५० कित्तादेखि अधिकतम ८ लाख कित्तासम्म आवेदन गर्ने व्यवस्था थियो।

हाइड्रोपावरको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले दिएको जानकारी अनुसार मंसिर १९ गते बुधबार ५ बजेसम्मसम्ममा हाइड्रोको शेयरमा ८२ हजार ६६५ आवेदनबाट ५९ करोड १२ लाख ६५ हजार रुपैयाँ बराबरको ५९ लाख १२ हजार ६५० कित्ताको माग आवेदन परेको छ । तथ्याङ्क संकलनको क्रम जारी रहेकाले यो तथ्याङ्कमा केही आवेदन थप हुन सक्नेछ ।

कम्पनीले मंसिर १६ देखि १९ गतेसम्म सर्वसाधारणमा १५ करोड ५५ लाख २३ हजार ३०० रुपैयाँ बराबरको १५ लाख ५५ हजार २३३ कित्ता साधारण शेयरमा आवेदन खुला गरेको थियो ।

इक्रा नेपालबाट आईपिओ ग्रेडिङ्गमा वित्तीय अवस्था कमजोर जनाउने इक्रा रेटिङ्ग इक्रा एनपि आईपिओ ग्रेड ५’ पाएको यस कम्पनीको शेयरमा अत्याधिक आकर्षण देखिएको हो ।

यस्तो छ शेयर पर्ने सम्भावना

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिम प्रत्येक आवेदकलाई न्यूनतम दश कित्ता शेयर दमासहिले बाँडफाँड गर्नुपर्ने हुन्छ । कम्पनीले निष्काशनमा ल्याएको शेयर संख्या र आवेदन हिसाब गर्दा सबै आवेदकलाई २० कित्ता बाँडफाँड गर्न अपुग हुने भएकाले केही आवेदकले १० कित्ता पाउनेछन् भने अधिकांश आवेदकले २० कित्ता शेयर पाउने देखिन्छ ।

प्रारम्भिक तथ्याङ्क अनुसार ८२ हजार ६६५ आवेदकलाई १५ लाख ५५ हजार २३३ कित्ता बाँडफाँड गर्नुपर्छ । यसअनुसार एक सय जना आवेदकमा ८८ जना आवेदकले २० कित्ता र १२ जना आवेदकले १० कित्ता शेयर पाउने देखिन्छ । प्रारम्भिक तथ्याङ्क अनुसार गरिएको हिसाब अन्तिम तथ्याङ्कमा आउने फेरबदलले भने केही तलमाथि पर्न सक्नेछ ।

जोशी हाइड्रोपावरले कूल १६ करोड ९० लाख ४७ हजार रुपैयाँ बराबरको १६ लाख ९० हजार ४७० कित्ता निष्काशन गरेकोमा ५० हजार ७१४ कित्ता कर्मचारी र ८४ हजार ५२३ कित्ता सामूहिक लगानी कोषलाई छुट्टाएर बाँकी रहेको १५ लाख ५५ हजार २३३ कित्ता शेयरको सर्वसाधारणमा बाँडफाँड हुनेछ ।

कम्पनीले यसअघि इलामका स्थानीयका लागि निष्काशन गरेको जारी पूँजीको १० प्रतिशत बराबरको ३ लाख ७१ हजार ४०० कित्तामध्ये एक लाख २९ हजार ३९० कित्ता शेयर मात्र बिक्री भएको थियो । यसमा अवितरित भएको २ लाख ४२ हजार १० कित्ता र सर्वसाधारणहरुलाई छुट्याईएको १४ लाख ४८ हजार ४६० कित्ता गरी कूल १६ लाख ९० हजार ४७० कित्ता आईपिओ बिक्रीमा ल्याएको हो ।

कस्तो छ आयोजना ?

जोशी हाइड्रोपावरले इलामको पुवाखोलामा तीन मेगावाट क्षमताको अपर पुवा १ जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । यस आयोजनाको कूल लागत ५५ करोड ३५ लाख रुपैयाँ रहेको छ । यो लागत अनुसार यस आयोजनाको प्रति मेगावाट लागत १८ करोड ४५ लाख रुपैयाँ हुन आउँछ ।

जोशी हाइड्रोपावरले इलामको पुवाखोलामा पहिलो आयोजनाको रुपमा २०७१ माघ १ गतेबाट ३ मेगावाटको अपर पुवा १ आयोजना सञ्चालनमा सञ्चालन गरिरहेको छ। कम्पनीले उक्त आयोजनाबाट व्यवसायिक रुपमा विद्युत उत्पादन गर्दै आएको छ ।

चुक्ता पुँजी ३७ करोड १४ लाख रुपैयाँ भएको यस कम्पनीले इलामका स्थानीयका लागि जारी पूँजीको १० प्रतिशत र सर्वसाधारणको लागि ३९ प्रतिशत गरि कूल ४९ प्रतिशत शेयर बिक्री गरे पूँजी संकलन गर्नेछ । बाँकी ५१ प्रतिशत पूँजी संस्थापकबाट उठाइनेछ । आयोजना निमार्णका लागि आवश्यक पूँजी बैंक ऋणबाट उपयोग गर्नेछ ।

कम्पनीले आर्थिक वर्षमा २०७६/७७ मा एक करोड ८९ लाख तथा आव २०७७/७८ मा दुई करोड २४ लाख रुपैयाँ खुद नाफा कमाउने प्रक्षेपण गरेको छ । यस्तै, कम्पनीले आव २०७६/७७ मा प्रतिशेयर आम्दानी ५ रुपैयाँ १२ पैसा र आव २०७७र७८ मा ६ रुपैयाँ ४ पैसा पुग्ने प्रक्षेपण छ ।

लगानी उठ्न ११ वर्ष लाग्ने

जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आईपिओ निष्काशन गर्न बुधबार सार्वजनिक गरेको आह्वानपत्र ९विवरणपत्र० मा यस कम्पनीले आफ्नो लगानी उठाउन ११ वर्ष समयावपिध लाग्ने कम्पनीको प्रक्षेपण छ । यसको अर्थ अहिले यस कम्पनीको गरिएको लगानी ११ वर्षभित्र उठ्ने छ ।

जोशी हाइड्रोपावरले इलामको पुवाखोलामा सञ्चालन गरिरहेको तीन मेगावाट क्षमताको अपर पुवा १ जलविद्युत आयोजनाको कूल लागत ५५ करोड ३५ लाख रुपैयाँ लाग्ने उल्लेख छ । यो लागत अनुसार यस आयोजनाको प्रति मेगावाट लागत १८ करोड ४५ लाख रुपैयाँ हुन आउँछ ।

को को छन् मुख्य लगानीकर्ता ?

अपर पुवा १ जलविद्युत आयोजनाको मुख्य लगानीकर्तामा गंगाप्रसाद जोशी, विरेन्द्रबहादुर न्यौपाने, माधव कार्की, रुकमणि राजभण्डारी, शशी कार्की, शिवरतन शारदा, रञ्जना दाहाल रहेका छन् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।