सबै शाखाहरुको समुद्घाटन कम्पनीका नायब कार्यकारी अधिकृत निराजन कँडेलका साथमा नुवाकोट शाखाको उद्योग वाणिज्य महासंघ नुवाकोटका अध्यक्ष तारा बहादुर कार्की, धादिङ शाखाको जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपाल, बेसीशहर शाखाको लम्जुङ्ग उद्योग वाणिज्य महासंघका अध्यक्ष राजेश थापाले उद्घाटन गरेका छन् ।
त्यसैगरि लेखनाथ शाखाको गण्डकी प्रदेशसभाका सदस्य माननीय मान बहादुर गुरुङ, पोखरा शाखाको जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैन वहादुर क्षेत्री, लम्जुङ्ग शाखाको उद्योग वाणिज्य महासंघका कार्यकारी समिति सदस्य निर्माण कुमार श्रेष्ठ, बेनी शाखाको म्याग्दी क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य माननीय भुपेन्द्र बहादुर थापा र कुस्मा शाखाको पर्वत उद्योग वाणिज्य महासंघका अध्यक्ष केदारनाथ शर्माले उद्घाटन गरेका हुन् ।
समुद्घाटन समारोहमा कम्पनीका पदाधिकारी र स्थानिय बासिन्दाहरुको समेत उपस्थिति रहेको थियो ।