रोटरी क्लबले माध्यमिक विद्यालय तथा कलेज स्तरीय वक्तृत्वकला प्रतिगियोगिता हुने

Dec 01, 2018 Merolagani

मानव सेवा र सामाजिक क्षेत्रमा एक संचेत नागिरक उत्पादन गर्ने उदेश्यका साथ रोटरी क्लबले माध्यमिक विद्यालय तथा कलेज स्तरीय वक्तृत्वकला प्रतियोगिता हुने भएको छ ।

रोटरी क्लब अफ बागमती काठमाडौ र साउथवेस्टन स्टेट कलेज बसुन्धराको संयुक्त आयोजनामा यहि मंसिर २४ गते सोमबार वक्तृत्वकला प्रतियोगिता आयोजना हुने भएको हो ।

बसुन्धरास्थित साउथवेस्टन स्टेट कलेजको प्राङ्णमा वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको क्यापस प्रमुख डा. राजेन्द्र के.सीले जानकारी दिए ।

वक्तृत्वकलाको बिषय रोटरीको चार शुत्रिय मार्गहरु राखिएको छ । जसमा विद्यालय तथा कलेजका एक जना छात्र र एक जना छात्रा गरी दुई जनाले सहभागिता जनाउन पाउने आयोजकले जनाएको छ ।

वक्तृत्वकलामा प्रथम हुनेले १५ हजार, द्धितृय हुनेले १० हजार, तृतिय हुनेले ५ हजार तथा सान्तवना पुरस्कार चार जनालाई एक हजार रुपैयाँका साथै मेडल तथा प्रशंसापत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।