वाईडबडी विमान खरिद प्रकरणबारे लेखा समितिमा चर्काचर्की, कसले के भने ?

Dec 05, 2018 Merolagani

वाईडबडी विमान खरिद प्रकरणबारे छानविन गर्न गठित समितिमा खरिद प्रक्रियामा संलग्न व्यक्ति लाई नै राखिएको भन्दै सांसदहरुले पर्यटन मन्त्रालयको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभा अन्र्तगतको सार्वजनिक लेखा समितिको बुधबार बसेको बैठकमा समिति सदस्यहरुले विवादित खरिद प्रक्रियामा संलग्न व्यक्ति नै छानविन समितिको सदस्य राखिएको भन्दै गम्भीर आपत्ती जनाएका हुन् ।

 

बैठकमा पर्यटन, नागरिक उड्डयन तथा संस्कृति मन्त्री रविन्द्र अधिकारीले खरिद प्रक्रिया बारे छानविन समितिको प्रतिवेदन आईसकेकाले मन्त्रालयले त्यसको अध्ययन गरिरहेको बताएपछि समितिमा रहेका सदस्यहरुमाथि नै सांसदहरुले प्रश्न उठाएका हुन् ।

समिति सदस्यहरु डाक्टर मिनेन्द्र रिजालले आर्थिक अनियमितताका सम्बन्धमा मन्त्रीको जवाफ चित्त बुझ्दो नभएको भन्दै थप स्पष्ट पार्न आग्रह गरे ।

अर्का सदस्य अमनलाल मोदीले भ्रष्टाचारमा संलग्न व्यक्तिलाई नै छानविन समितिको सदस्य बनाउदा आर्थिक अनियमिततामा मन्त्रालयको पनि मिलेमतो भएको हो कि भन्ने शंका उब्जाएको टिप्पणी गरे । त्यसैगरी समिति सदस्य लेखराज भट्टले खरिद प्रक्रियामा संलग्न व्यक्ति नै छानविन समितिको सदस्य बनाईएकाले प्रतिवेदनमाथि विश्वास गर्न नसकिने टिप्पणी गरे ।

त्यसैगरी समिति सदस्य प्रेम आले वाईडवडी विमान खरिद प्रकरण लाउडा प्रकरण जस्तै भएको भन्दै संलग्न सबैमाथि छानविन गर्न माग गरे । उनले भुक्तानीको समयमा कार्यरत नागरिक लगानी कोष र सञ्चयकोषका अध्यक्ष र विदेशी मुद्राको स्वीकृत गर्ने राष्ट्रबैकलाई पनि छानविनको दायरामा ल्याउन माग गरे । सदस्य तेजुलाल चौधरीले पनि छानविन समितिमा निगमकै मान्छे राखेर बनाईएकोमा आपत्ती जनाए ।

छलफलपछि समिति सचिव रोजनाथ पाण्डेले वाईड वडी विमान खरिद सम्बन्धी विगतमा मन्त्रालयबाट भएका नीतिगत निर्णय, निर्देशनका प्रतिलिपी माग गर्ने तथा छानविन समितिमा नेपाल वायुसेवा निगमका पदाधिकारी नै रहेको भन्ने सम्बन्धमा समितिमा रहेका सदस्यको नामावली सहित छानविन प्रतिवेदन माग गर्ने तथा श्वेतपत्र, खरिद प्रक्रिया, आधार आवश्यक कागजपत्र लगायत सम्बन्धमा नेपाल वायुसेवा निगमलाई ३८ प्रश्न सोधि पठाउने प्रस्ताव पढेर सुनाएका थिए । सो प्रस्ताव बारे आगामी २१ गते बस्ने बैठकमा छलफल गरेर मात्रै समितिले यस सम्बन्धमा निर्णय लिने भएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।