तेल भर्ने क्रममा दुई अमेरिकी विमान ठोक्किए, ६ जना वेपत्ता

Dec 06, 2018 Agency

जापानमा तेल भर्ने क्रममा हावामा दुई अमेरिकी लडाकु विमान आपसमा ठोक्किएर दुर्घटना भएका छन् । लडाकु विमानमा सवार ६ जना नौ सैनिक घाइते भएका छन् ।

अमेरिकी लडाकु विमान एफ–१८ र सी–१३० जापानको इवाकुनीस्थित मरिन कप्र्स एयर स्टेशनमा बिहीबार दुर्घटना भएका हुन् ।

अमेरिकी रक्षा विभागका अनुसार, उक्त घटना जापानको समुद्री किनारबाट करिब ३०० किलोमिटर टाढा रहेको छ ।

वेपत्ता नौसैनिकहरुको खोजी कार्य जारी रहेको बताइएको छ । यसका लागि डाक्टरहरुले क्रु मेम्बरहरुले पनि सहायता गरिरहेका छन् । सी–१३० मा ५ र एफ–१८ मा २ नौसेना तैनाथ रहेको बताइएको छ ।

खोजी कार्यका लागि जापानले ४ वटा एयरक्राफ्ट र ३ वटा जहाज परिचालन गरेको छ । जापानद्धारा सहयोग गरिएकोमा अमेरिकी अधिकारीहरुले धन्यवाद दिएका छन् ।

अमेरिकी अधिकारीहरुका अनुसार दुवै विमानले नियमित तालिमको क्रममा मरिन कप्र्स स्टेशनबाट उडान भरेका थिए । दुर्घटनाको बारेमा अनुसन्धान भइरहेको बताइएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।